सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएर रकम असुल्ने एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महिलासँग नग्न तस्बिर तथा भिडियो माग्ने र रकम नदिए ती सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिई १ लाख १५ हजार रुपैयाँ लिएको आरोपमा युवक पक्राउ परेका हुन्।
प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–स्थित सतुंगलमा बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढालाई पक्राउ गरेको जनाएको छ।
बुढामाथि आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा