सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाको सहभागिता केवल नारामा सीमित नभई नीति निर्माण र देशको परिवर्तनमा व्यवहारमै देखिनुपर्ने बताएकी छन्।
मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले युवाको राजनीतिक सहभागितालाई अर्थपूर्ण, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन्।
उनले राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषयमा मात्र सीमित नभई समाज बुझ्ने, जनताको आवाज सुन्ने र नीति निर्माणमा भूमिका खेल्ने निरन्तर प्रक्रिया भएको बताइन्।
“राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन। राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन।”
पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको राजनीतिक यात्राबाट आजका युवाले महत्वपूर्ण पाठ सिक्न सक्ने बताइन्। जनताको भावना, आकांक्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने मदन भण्डारीको प्रयासबाट युवाले प्रेरणा लिनुपर्ने उनको भनाइ थियो।
उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को अवधारणाको समेत स्मरण गरिन्।
भण्डारीका अनुसार लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित गर्न नहुने र जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय तथा नागरिकको अर्थपूर्ण सहभागितालाई समेत लोकतन्त्रको आधारका रूपमा बुझ्नुपर्ने हुन्छ।
उनले युवाले राजनीतिमा सक्रिय हुँदै देशको विकास, सुशासन र सामाजिक परिवर्तनमा रचनात्मक योगदान दिनुपर्नेमा जोड दिइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा