सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै सभापतित्वमा गर्ने प्रस्ताव अघि सारेको छ।
शुक्रबारदेखि काठमाडौंमा आयोजित राष्ट्रिय भेला आइतबार राष्ट्रिय सम्मेलनमा परिणत हुँदै सम्पन्न भएको हो। सम्मेलनमा सहभागी देउवाले नेपाल कठिन अवस्थामा रहेको भन्दै आफूलाई स्वागत गरेकोमा नेता–कार्यकर्तालाई धन्यवाद दिएका थिए।
सम्मेलनले देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न गर्ने विश्वास व्यक्त गरेको छ। प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन गर्ने उल्लेख छ।
इतर समूहले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकमार्फत सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
सम्मेलनले राष्ट्रिय एकता र लोकतन्त्रका लागि विभिन्न लोकतान्त्रिक शक्तिसँग संवाद गर्ने, सनातन धर्म तथा धार्मिक स्वतन्त्रताको संरक्षण गर्ने र आवश्यकताअनुसार संविधान संशोधनका लागि सम्बन्धित पक्षसँग संवाद गर्ने प्रस्ताव पारित गरेको छ।
यसैबीच गगन थापा नेतृत्वको पक्षले पनि १५औँ महाधिवेशन आगामी असोजसम्म गर्ने तयारी अघि बढाएको छ। एउटै महाधिवेशनका लागि दुई पक्षबाट फरक–फरक नेतृत्व र प्रक्रियाको दाबी भएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ।
इतर समूहले अघि सारेको प्रस्तावले कांग्रेसभित्रको नेतृत्व विवादलाई थप निर्णायक मोडमा पुर्याएको देखिएको छ। अब दुवै पक्षबीच महाधिवेशनको वैधानिकता, नेतृत्व र पार्टी एकताका विषयमा थप टकराव बढ्ने सम्भावना देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा