• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

      देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

      नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमका

      शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

      चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

      ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

      कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

      धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

      कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

      पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

      कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

      प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

      देउवा पक्षलाई विश्वप्रकाश शर्माले भने- ‘भेलाबाट नयाँ पार्टी बन्दैन, वार्ताका लागि हामी तयार छौँ’

      दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

      पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं, छुट्टाछुट्टै दल बनाउने तयारी

    होमपेज /  समाचार

    देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २९, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।

    ‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने ।

    लेखकले कांग्रेसलाई एकताबद्ध गर्न आफूहरूबाट विभिन्न प्रयास भएको भए पनि त्यसले परिणाम दिन नसकेको बताए । पार्टी एकताका लागि आफू व्यक्तिगत रूपमा पनि विभिन्न घटनामा जोडिएको र त्यसलाई नजिकबाट देखेको उनको भनाइ थियो ।

    ‘हामीले कांग्रेसलाई एकताबद्ध गर्नका निम्ति निकै प्रयत्न र कोसिस गरेका छौँ । हामीले पार्टीलाई एकताबद्ध गर्न सकेका छैनौँ । अझै पनि प्रयत्न र प्रयास गर्नुपर्छ र पार्टीलाई एकताबद्ध गर्नुपर्छ,’ उनले भने ।

    यसैगरी कांग्रेस नेता दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियारका रूपमा प्रयोग गरेर’ कांग्रेस लुटिएको आरोप लगाए । उनले त्यसलाई अपराधको संज्ञा दिँदै क्षम्य नहुने बताए ।

    ‘निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन। सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ,’ खड्काले भने ।

    कांग्रेस नेता कान्छाराम तामाङले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवाको सभापतिको हैसियतमा बोर्ड कसैलाई नसोधी आफूले राखेको बताए । उनले शशाङ्कले देउवालाई फिल्म हेराएको प्रसङ्ग निकाल्दै गगनलाई पनि एकपटक हेराइदिन आग्रह गरे ।

    ‘शेरबहादुर दाइ चुनदेवीमा जानुभयो । त्यहाँ सभापतिको बोर्ड पनि मैंले कुनै पनि नेताजीहरूलाई नसोधीकन राखिदिएको छु । अब शेरबहादुर दाइले अरूलाई फिल्म नहेराए पनि एकचोटी गगनकुमार थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्,’ उनले भने ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमका

    शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

    चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

    ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

    कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

    कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

    नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’…

    शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑