सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने र नियन्त्रणमा रहेका राहदानी फिर्ता गराइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा हास्य कलाकार नारद खतिवडा, उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भई हाल ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने विक्रमबहादुर थापा (३८) र नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ तर्गौली घर भएका गोपालकुमार गुरुङ (५९) रहेका छन्। उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जनाले कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई रिहा गराइदिने र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै पीडितसँग ९ लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूले आफूहरूको प्रभाव प्रयोग गरी हिरासतबाट छुटाइदिने र राहदानीसमेत फिर्ता गराइदिने आश्वासन दिएर रकम असुलेको आरोप रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि ठगी सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा