सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंमा कपडाका थोक व्यापारी नवीन जिन्दल मृत अवस्थामा फेला परेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा उनले आफ्नै घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी काठमाडौं महानगरपालिका–७, बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोर पछाडि रहेको आफ्नै घरको बार्दलीबाट जिन्दलले हामफालेका थिए।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बौद्धस्थित स्तुपा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमा रहेको उनको कोठाबाट विषसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनले विष सेवन गरेपछि बार्दलीबाट हामफालेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण जिन्दल आर्थिक तनावमा थिए। उनी उच्च रक्तचाप, मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या (डिप्रेसन) का लागि नियमित औषधि सेवन गरिरहेको पनि खुलेको छ।
प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान जारी राखेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा