सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीसँगै प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंककतर्फ गएका छन्।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले आईजीपी कार्कीलाई बिदाइ गरेका थिए।
यसअघि आईजीपी कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा असार २३ र २४ गते आयोजित पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिट (UNCOPS) मा सहभागी भएर बुधबार मात्रै स्वदेश फर्किएका थिए।
उक्त समिटमा नेपालका तर्फबाट आईजीपी कार्कीसँगै सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल पनि सहभागी भएका थिए। अमेरिका भ्रमणपछि स्वदेश फर्किएको केही दिनमै आईजीपी कार्की पुनः अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेका हुन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा