• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

      कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

      चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

      सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

      नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

      विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

      गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

      आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो, सरकारबाट सुझाव कार्यान्वयन भएन : सभापति राई

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

      साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

      विश्वकप फाइनलमा किन हार्‍यो अर्जेन्टिना? स्पेनविरुद्ध उपाधि जोगाउन नसक्नुका ६ मुख्य कारण

      रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

      नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    होमपेज /  समाचार

    अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।

    असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए भएका तर सञ्चालनमा आउन नसकेका आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।

    समूह ‘क’ मा समयमै अघि बढिरहेका आयोजना

    आरसीओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पीपीएमा तोकिएका दायित्व पूरा गरेका वा तोकिएको समयभित्र पूरा गर्न सक्ने अवस्थामा रहेका आयोजना समूह ‘क’ मा पर्नेछन् ।

    समूह ‘ख’ मा आरसीओडी थप गर्न सकिने आयोजना

    आरसीओडी सकिए पनि नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन वा सबस्टेसन निर्माण सम्पन्न नगरेका कारण सञ्चालनमा आउन नसकेका आयोजना समूह ‘ख’ मा राखिनेछन् । त्यस्तै, काबुबाहिरको परिस्थिति (फोर्स मेजर) का कारण निर्माण प्रभावित भएको प्रमाणसहित निवेदन दिएका र प्राधिकरणबाट आरसीओडी थप स्वीकृत भएका आयोजना पनि यही समूहमा रहनेछन् ।

    आरसीओडी अवधिभित्र भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी हासिल गरेका आयोजना समेत समूह ‘ख’ मा समावेश हुनेछन् ।

    समूह ‘ग’ का आयोजना सम्झौता उल्लंघनको जोखिममा

    आरसीओडी समाप्त नभए पनि पीपीएमा उल्लेखित प्रमुख दायित्व पूरा नगरेका, उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनमा ढिलाइ गरेका तथा आरसीओडी सकिँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना समूह ‘ग’ मा राखिनेछन् ।

    यस्ता आयोजनालाई पीपीए प्रावधानअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी गरिनेछ । सुधार नभएमा सम्झौता रद्द गर्ने प्रक्रियासमेत अघि बढाइने प्राधिकरणले जनाएको छ ।

    समूह ‘घ’ मा सम्झौता पालना नगरेका आयोजना

    आरसीओडी अवधि सकिएपछि पनि पीपीएअनुसारका दायित्व पूरा नगरेका, उत्पादन अनुमतिपत्र वा सर्वेक्षण अनुमतिपत्र खारेज भएका आयोजना समूह ‘घ’ मा पर्नेछन् ।

    प्राधिकरणले आयोजनाको भौतिक प्रगति मूल्यांकन आफ्नै कार्यविधिअनुसार गर्ने जनाएको छ । हेडवक्र्स, सुरुङ, पाइपलाइन, पावरहाउस लगायत मुख्य संरचनाको निर्माण सुरु भई भएको प्रगतिलाई भौतिक प्रगतिको आधार मानिनेछ ।

    सौर्य आयोजनाको हकमा भने प्यानल खरिद सम्झौता, एलसी खोलिएको अवस्था, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा माउन्टिङ स्ट्रक्चर र फाउन्डेसन निर्माण सुरु भएको अवस्थालाई प्रगतिको सूचक मानिनेछ ।

    समूह ‘ख’ मा रहेका आयोजनालाई समयमै निर्माण सम्पन्न गर्न विद्युत् व्यापार विभागले आवश्यक निर्देशन र अनुगमन गर्नेछ । निर्देशन पालना भए नभएको नियमित अनुगमन गरिने र आवश्यकता अनुसार बढीमा ६ महिनाभित्र पुनः वर्गीकरण गरिने व्यवस्था गरिएको छ ।

    प्राधिकरणले यो व्यवस्थाले लामो समयदेखि अलपत्र रहेका आयोजना, निर्माणमा प्रगति गरिरहेका आयोजना र ढिलाइ भएका आयोजनाबीच स्पष्ट पहिचान गर्न सहयोग पुग्ने जनाएको छ । यसबाट विद्युत् आयोजना व्यवस्थापन थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

    साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

    नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन्…

    कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका…

    चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ…

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा.…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑