• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

      कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

      चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

      सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

      नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

      विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

      गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

      आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो, सरकारबाट सुझाव कार्यान्वयन भएन : सभापति राई

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

      साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

      विश्वकप फाइनलमा किन हार्‍यो अर्जेन्टिना? स्पेनविरुद्ध उपाधि जोगाउन नसक्नुका ६ मुख्य कारण

      रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

      नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    होमपेज /  आर्थिक

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ४, सोमबार (१५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • ३६ पटक पढिएको
  • काठमाडौं । वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने उद्देश्यसहित लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘The Goal is Green’ कार्यान्वयनका लागि WWF नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) सँग सहकार्य गरेको छ।

    यस अभियानअन्तर्गत बैंकले FIFA World Cup 2026 मा भएको प्रत्येक गोल बराबर एक रैथाने बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो। विश्वकप सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता बैंकले पूरा गर्ने जनाएको छ।

    बैंकका अनुसार विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगितालाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। ‘The Goal is Green’ अभियानले विश्वव्यापी खेलकुदको उत्साहलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने बैंकको दिगोपनप्रतिको सोचलाई प्रतिबिम्बित गर्ने जनाएको छ।

    सहकार्यअन्तर्गत WWF नेपालले अभियान कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा रहेको अनुभवका आधारमा WWF नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) सँग जोडेको हो।

    काम्दी CFCC ले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने, संरक्षण गर्ने तथा दीर्घकालीन व्यवस्थापन गर्नेछ। WWF नेपालले भने बिरुवाको प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।

    लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकतामात्र नभई दीर्घकालीन मूल्य सिर्जनाको आधार भएको बताए। उनले ‘The Goal is Green’ अभियानले खेलप्रतिको उत्साहलाई जलवायु संरक्षणको सार्थक अभियानमा रूपान्तरण गर्न सकिने विश्वासलाई व्यवहारमा उतारेको उल्लेख गरे।

    उनका अनुसार विश्वकपमा भएको प्रत्येक गोल बराबर एक बिरुवा रोप्ने प्रतिबद्धतामार्फत बैंकले नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। WWF नेपालको प्राविधिक विशेषज्ञता र समुदायसँगको अनुभवले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने उनको विश्वास छ।

    WWF नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र नभई सही स्थानमा सही रैथाने प्रजातिका बिरुवा रोपेर स्थानीय समुदायसँगको सहकार्यमा संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दा प्रकृति, समुदाय र भावी पुस्ताका लागि दीर्घकालीन लाभ सिर्जना हुने उनले उल्लेख गरे।

    काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) का अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (Corridor) पुनःस्थापनासम्बन्धी प्रयासलाई थप बल पुग्ने र स्थानीय समुदायले दीर्घकालीन लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    बैंकका अनुसार ‘The Goal is Green’ अभियानमार्फत दिगोपनलाई वित्तीय सेवा र उत्पादनमा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिएको छ। साथै, खेलकुदको विश्वव्यापी उत्साहलाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोडेर ग्राहक, व्यवसाय र समुदायलाई जलवायु संरक्षण अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन्…

    कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका…

    चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ…

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा.…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑