• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

      पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा गर्न आदेश

      फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल

      महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर

      जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ : न्यायाधीश खड्का

      झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली

      ‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

      दृष्टिविहीन र अशक्तको पीडा : ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?

      साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

      देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक

      साउने सङ्क्रान्ति मनाइँदै

      आजको मौसम : यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

    होमपेज /  आर्थिक

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १, शुक्रबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।

    प्रतिनिधिसभाले दफावार छलफलका लागि उक्त विधेयक अर्थ समितिमा पठाएको थियो ।

    बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकमाथि खुला र विधिसम्मत छलफलमार्फत आवश्यक निर्णयमा पुग्न सरकार तयार रहेको बताए । उनले राष्ट्र बैंकका गभर्नरले अनुभवका आधारमा केही सुझाव प्रस्तुत गरेको उल्लेख गर्दै सञ्चालक समितिमा सदस्य संख्या पाँच, सात वा नौ जना राख्ने विषयमा समितिले नै निर्णय गर्नुपर्ने बताए ।

    उनले डेपुटी गभर्नरको संख्या तथा उनीहरूलाई बाहिरबाट नियुक्त गर्ने विषयमा समेत केही संशोधन प्रस्ताव परेकाले त्यसबारे समितिमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । सैद्धान्तिक वा व्यावहारिक रूपमा ठूलो मतभेद नरहेको उल्लेख गर्दै उनले सबै विषयलाई स्वच्छ र स्वस्थ छलफलमार्फत टुङ्ग्याउनुपर्ने बताए ।

    उनले भने,‘यसको अनुभवको आधारमा गभर्नर साहेबले केही कुराहरू राख्नुभएको छ, यसलाई टुङ्ग्याउने काम माननीयज्यूहरूकै हो, एज ल मेकर्ज। यो खुला रूपमा छलफल गरेर नौ जना राख्ने कि, सात जना राख्ने कि, पाँच जना राख्ने कि, जस्ता विषयहरू चाहिँ हामीले यसमा धेरै रिजिड हुन चाहेनौँ, छलफल गरौँ। दुइटा डेपुटी गभर्नर, केही संशोधनहरू परेका छन्, अलि बढी नै राख्ने हो कि, डेपुटी गभर्नर बाहिरबाट पनि ल्याउने हो कि भन्ने कुराहरू जस्ता चाहिँ यो छलफलबाटै टुङ्ग्याऔँ यसलाई। एकदम विधिसम्मत, हैन, स्वच्छ स्वस्थ छलफलमार्फत नै टुङ्ग्याऔँ । अरू त्यस्तो एकदम सैद्धान्तिक र इभन व्यावहारिक विमतिहरू यहाँ छन् जस्तो मलाई लाग्दैन ।’

    अर्थमन्त्री वाग्लेले सांसद सुशील खड्काले उठाएको फिल्ड भ्रमण भत्तासम्बन्धी विषयमा सरकार नकारात्मक नरहेको पनि स्पष्ट पारे । समयानुकूल र कानुनी प्रक्रिया पूरा गरेर त्यस्ता सुविधा समायोजन गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

    उनले भने, ‘अर्को विषय माननीय सुशील खड्काले उठाउनुभएको, अब यो हामी तलब वृद्धि त्यहाँबाट चाहिँ हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनि रहेका छौँ। जुन फिल्ड भिजिटहरूको हुँदाखेरिको भत्ता जस्ता कुराहरू छन्, त्यसलाई विधि पुर्याएर समायानुकूल बनाउनमा हामी नकारात्मक छैनौँ ।’

    त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) नेपालको वित्तीय प्रणालीका लागि नयाँ चुनौतीका रूपमा देखिएको बताए ।

    उनले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता नदिइएको भए पनि यसको प्रयोग र प्रभावबारे अध्ययन भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो तथ्यांकले नेपालमा क्रिप्टोकरेन्सी होल्डिङ कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब पाँच प्रतिशत बराबर रहेको संकेत गरेपछि राष्ट्र बैंकले त्यसबारे गम्भीर अध्ययन गरिरहेको उनले बताए ।

    उनले भने, ‘नेपालमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता छैन । तर यसको प्रयोग र प्रभावबारे हामी अध्ययन गरिरहेका छौं । आईएमएफको तथ्यांकले क्रिप्टोकरेन्सी होल्डिङ जीडीपीको करिब पाँच प्रतिशत रहेको संकेत गरेपछि नेपाल प्रहरीसँग समन्वय गरेर थप अध्ययन अघि बढाएका छौं । पर्याप्त अध्ययन र तथ्यका आधारमा मात्रै आवश्यक नीतिगत तथा कानुनी निर्णय लिनेछौं ।’

    गभर्नर पौडेलका अनुसार नेपाल प्रहरीसँग समेत समन्वय गरी अध्ययन भइरहेको छ भने आईएमएफले उक्त तथ्यांक कसरी तयार पारेको भन्ने विषयमा पनि जानकारी लिने काम भइरहेको छ । उनले क्रिप्टोकरेन्सीको प्रयोगले राजस्व संकलनमा समेत असर पारेको हुन सक्ने विषयमा अध्ययन भइरहेको बताए ।

    उनले विश्वभर डिजिटल बैंकिङ, क्रिप्टोकरेन्सी तथा नयाँ प्रविधिको विकासले बैंकिङ क्षेत्रलाई प्रभावित गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस्ता विषयलाई सम्बोधन गर्न भविष्यमा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४…

    पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा गर्न आदेश

    फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑