सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले जनमत पार्टीका अध्यक्ष सिके राउतले “नेपाली सेना खारेज गर्नुपर्छ” भन्ने दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै खेद प्रकट गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संग्रौलाले देश संकटमा पर्दा, प्राकृतिक विपद्का बेला, सीमा सुरक्षामा तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनाका अभियानमा आफ्नो जीवन जोखिममा राखेर सेवा गर्ने नेपाली सेनाजस्तो संस्थाप्रति गैरजिम्मेवार टिप्पणी गर्नु दुःखद र अस्वीकार्य भएको बताएकी छन्।
उनले विचार अभिव्यक्त गर्ने स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण विशेषता भए पनि त्यसको नाममा राष्ट्रका आधारभूत संस्थाको अपमान गर्न नहुने स्पष्ट पारेकी छन्।
“नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु। देश संकटमा पर्दा, विपद्मा, सीमा सुरक्षामा र शान्ति स्थापनामा आफ्नो जीवन दाउमा राखेर सेवा गर्ने संस्थाप्रति यस्तो गैरजिम्मेवार अभिव्यक्ति अत्यन्तै खेदजनक छ,” संग्रौलाले लेखेकी छन्।
उनले नेपाली सेनालाई नेपालको गौरव, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताको प्रतीकका रूपमा व्याख्या गर्दै यसको सम्मान गर्न सबैलाई आग्रह गरेकी छन्। साथै, राष्ट्रलाई कमजोर बनाउने होइन, थप सुदृढ र सशक्त बनाउने राजनीति आवश्यक रहेको उनको भनाइ छ।
“विचार राख्ने स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो, तर त्यो स्वतन्त्रता राष्ट्रका आधारभूत संस्थाको अपमान गर्ने लाइसेन्स बन्न सक्दैन। नेपाली सेना हाम्रो गौरव, हाम्रो सुरक्षा र हाम्रो राष्ट्रिय एकताको प्रतीक हो। यसको सम्मान गरौं, राष्ट्रलाई कमजोर बनाउने होइन, अझ बलियो बनाउने राजनीति गरौं,” उनले उल्लेख गरेकी छन्।
सिके राउतको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणबाट समेत समर्थन र विरोधका मिश्रित प्रतिक्रिया आइरहेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा