• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता

      विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ’

      आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

      लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

      एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

      सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै 

      अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर प्रधानमन्त्री बालेनले हटाइदिए

      वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

      प्रधानमन्त्रीले तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै

      काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

      प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

      हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

      नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    होमपेज /  मुख्य समाचार

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ५, मंगलबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • ४८ पटक पढिएको
  • काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका छन्।

    स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।आफ्नो आठ दशक लामो राजनीतिक यात्रा र ६ दशकभन्दा लामो कांग्रेसको सक्रिय राजनीतिलाई स्मरण गर्दै देउवाले लोकतन्त्र, संविधानवाद र जनताको अधिकारका पक्षमा आफ्नो अडान कहिल्यै विचलित नहुने स्पष्ट पारेका छन् ।

    उनले फरक विचारप्रति राज्यले देखाएको असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरे। प्रतिपक्षलाई दबाउन भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्नु नै कांग्रेसको ऐतिहासिक दायित्व भएको उनको भनाइ छ।

    देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई आतंकित पार्ने औजारका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, “दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमा दबाब सिर्जना गर्न थालेको छ, जुन मुलुकको लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो।”

    जननायक बिपी कोइरालाको मेलमिलाप नीति र आदर्शलाई मार्गदर्शन मान्दै देउवाले आज देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्यको आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले विगतका अनुभव र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई जोडेर राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

    आफ्नो वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि दृढतापूर्वक उभिन आफू पुनः नेपाली भूमिमा पाइला टेक्दै गरेको सन्देश दिएका छन्। उनले नेपाली जनता, युवा पुस्ता र नागरिक समाजसँगको निष्ठा र प्रतिबद्धतालाई पुनर्जीवित गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी दिएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट भयो : ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑