सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवादले दुःखद रूप लिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ। श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जी बीच सामान्य विवाद भएपछि झैँ–झगडा भएको थियो। विवाद चर्किएपछि धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
घटनालगत्तै धनबहादुर घरको अर्को कोठामा गई सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए।
गम्भीर घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा प्रमाण संकलन गरेको छ। घटनाको कारण, पारिवारिक विवादको पृष्ठभूमि र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ.
यदि तपाईं वा तपाईंले चिन्ने कोही घरेलु हिंसा, आत्महत्याको सोच, वा गम्भीर मानसिक तनावबाट गुज्रिरहनुभएको छ भने, विश्वासिलो परिवारका सदस्य, साथी, मानसिक स्वास्थ्य विशेषज्ञ वा स्थानीय आपतकालीन सेवासँग तत्काल सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा