• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

      अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

      भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

      विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

      आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’

      आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

      तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

      कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      ६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

      रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

      पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

    होमपेज /  समाचार

    राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ६, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४८ पटक पढिएको
  • काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो। चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको बताए पनि कमजोर आर्थिक अवस्थाका कारण सुरेश उपचारको खर्च जुटाउन असमर्थ थिए।

    आशा नहार्दै उनले विभिन्न माध्यमबाट सहयोग जुटाएर पटक–पटक एमआरआई गराए। रोगको अवस्था पत्ता लागे पनि शल्यक्रिया र उपचारका लागि आवश्यक रकम अभाव हुँदा राधिकालाई अस्पताल भर्ना गर्न सकिएको थिएन।

    यही क्रममा जेन–जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीले सुरेशले सामाजिक सञ्जालमार्फत गरेको सहयोगको अपिल देखिन्। त्यसपछि उनले काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्। जेन–जी आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क उपचार तथा कुरुवाको बसोबास र खानपानको व्यवस्था मिलाएको मानवीय कार्यबारे जानकारी भएकाले कार्कीले शर्मासँग सहयोगको आग्रह गरेकी थिइन्।

    राधिकाको अवस्था देखाउने भिडियो हेरेपछि सुनील शर्माले तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरे। कुनै जटिल प्रक्रिया वा लामो प्रतीक्षाविना उनले राधिकाको सम्पूर्ण उपचारको जिम्मेवारी लिने प्रतिबद्धता जनाए।

    त्यसपछि काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स राधिकालाई लिन उनीहरूको पायक पर्ने स्थानमा पुग्यो। सुरेश, राधिका र उनीहरूको सानो सन्तान उपचारको आशा बोकेर केएमसी पुगे। खबर पुगेको केही घण्टामै राधिकालाई केएमसी दुवाकोट युनिटको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पताल पुग्नुअघि नै उनको उपचारका लागि चिकित्सकहरूको टोली तयारी अवस्थामा रहेको बताइएको छ।

    आफ्नी श्रीमतीको उपचार सुनिश्चित भएपछि भावुक बनेका सुरेशले अस्पतालमा भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ।’

    सुरेशको परिवारले राधिकालाई अस्पतालसम्म पु¥याउन पहल गर्ने किशोरी कार्कीप्रति आभार व्यक्त गरेको छ। उपचार सुरु भएपछि उनले सुनील शर्माप्रति पनि धन्यवाद व्यक्त गरेका छन्। आफ्नो आग्रह स्वीकार गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाएकोमा किशोरी कार्कीले पनि शर्माप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

    हाल राधिकाको उपचार काठमाडौं मेडिकल कलेजमा जारी छ। परिवारका सदस्य तथा शुभेच्छुकहरूले उनी पूर्ण रूपमा स्वास्थ्यलाभ गरी आफ्ना सन्तानसँग सामान्य जीवनमा फर्किने अपेक्षा गरेका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

    भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

    कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    ६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आलोचनामा केन्द्रित हुँदा कांग्रेस पार्टी गन्तब्यमा पुग्न सक्दैन…

    अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

    भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

    आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो…

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑