सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पछिल्लो समय केसीले सामाजिक सञ्जालमा राधिका दासीलाई लक्षित गर्दै विभिन्न गम्भीर आरोपसहितका सामग्री सार्वजनिक गर्दै आएकी थिइन्।
बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
साइबर ब्युरोले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा