• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

      स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

      मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

      विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

      बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

      डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, प्रचारमा बालेन सरकारको भूमिकाको तारिफ

      प्रहरी निरीक्षक किरण राउत ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

      भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

      सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

      काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी, २६९ फरार पक्राउ, १८५ हतियार बरामद

      देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

      नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ : सोविता गौतम

      रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    होमपेज /  अन्य

    नेपालमा कलेजो प्रत्यारोपण गति सुस्त, ८५ प्रतिशत प्रत्यारोपण सफल : डा.पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ८, शुक्रबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी मुख्य चुनौती भएको बताए ।

    डा. पौडेलका अनुसार नेपालमा सन् २०१६ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो। हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएको उल्लेख गर्दै उनले यो प्रगति निकै सुस्त रहेको बताए।

    उनले भने, ‘नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको १० वर्ष भयो। यो अवधिमा करिब एकसय वटा प्रत्यारोपण मात्रै भएका छन्। यो संख्या निकै कम हो । सुरुमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट सेवा सुरु भयो । त्यसपछि त्रिवि शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केएमसी र नेपाल मेडिसिटी अस्पतालमा पनि सेवा विस्तार भएको छ । अस्पताल थपिए पनि प्रत्यारोपणको गति अझै सुस्त छ ।’

    उनका अनुसार कलेजो पूर्ण रूपमा बिग्रिएपछि त्यसलाई हटाएर नयाँ कलेजो प्रत्यारोपण गर्ने प्रक्रियालाई लिभर ट्रान्सप्लान्ट भनिन्छ। प्रायः लिभर सिरोसिस भएका बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने उनले बताए।

    उनले भने, ‘लिभर सिरोसिसमा कलेजोका कोषहरूमा जालो परेर कलेजो बिस्तारै कडा र खुम्चिँदै जान्छ। समयमै उपचार नभए कलेजो पूर्ण रूपमा बिग्रिन्छ। त्यस्ता बिरामीलाई जीवित व्यक्तिको कलेजोको केही भाग वा मृत व्यक्तिको कलेजो प्रत्यारोपण गरेर नयाँ जीवन दिन सकिन्छ।’

    उनले सेवा विस्तारका लागि दक्ष जनशक्ति उत्पादन, विदेशमा तालिम, जनचेतना अभिवृद्धि तथा सरकारी सहयोग आवश्यक रहेको बताए।

    उनले भने, ‘कलेजो प्रत्यारोपणलाई अझ प्रभावकारी बनाउन सरकारले पर्याप्त जनशक्ति उत्पादन गर्नुपर्छ, चिकित्सकलाई तालिमका लागि विदेश पठाउनुपर्छ र जनचेतना बढाउनुपर्छ। धेरै बिरामीले प्रत्यारोपणबाट नयाँ जीवन पाउन सकिन्छ भन्ने जानकारी नै पाएका छैनन्। सूचना र जनचेतना विस्तार गर्न सके प्रत्यारोपण सेवाको पहुँच पनि बढ्छ।’

    डा. पौडेलले लिभर फेलर भनेको कलेजोले काम गर्न छाडेको अवस्था भएको स्पष्ट गर्दै यसको प्रमुख कारण सिरोसिस रहेको बताए । केही अवस्थामा औषधि, विषादी, विषाक्त पदार्थ, हेपाटाइटिस ‘ए’ र ‘ई’ वा गलत औषधि प्रयोगका कारण पनि एक्कासी कलेजो फेल हुन सक्ने उनले बताए।

    उनले भने, ‘क्रोनिक लिभर फेलर प्रायः सिरोसिसका कारण हुन्छ भने एक्युट लिभर फेलर औषधिको असर, विषादी, विषाक्त पदार्थ वा हेपाटाइटिस संक्रमणका कारण अचानक हुन सक्छ । यस्ता अवस्थामा औषधिले सहयोग मात्र गर्छ, अन्तिम उपचार भनेको कलेजो प्रत्यारोपण नै हो।’

    प्रत्यारोपणपछि शरीरले नयाँ कलेजोलाई अस्वीकार गर्न सक्ने भएकाले बिरामीले जीवनभर इम्युनोसप्रेसन्ट औषधि सेवन गर्नुपर्ने उनले बताए।

    जीवित र मृत दुवै व्यक्तिबाट कलेजो प्रत्यारोपण गर्न सकिने उल्लेख गर्दै उनले नेपालमा कानुनी रूपमा नाता प्रमाणित भएका व्यक्तिले आफ्नो कलेजोको केही भाग दान गर्न सक्ने जानकारी दिए।

    उनले भने, ‘जीवित व्यक्तिले आफ्नो कलेजोको ५० देखि ६० प्रतिशतसम्म भाग सुरक्षित रूपमा दान गर्न सक्छन्। त्यसका लागि रक्तसमूह मिल्नुपर्छ र नेपाल सरकारको कानुनी प्रक्रिया पूरा हुनुपर्छ। मृत व्यक्तिबाट पनि समयमै कलेजो निकालेर प्रत्यारोपण गर्न सकिन्छ, जसलाई डीसिज्ड डोनर लिभर ट्रान्सप्लान्ट भनिन्छ।’

    विश्वव्यापी रूपमा कलेजो प्रत्यारोपणको एक वर्षको सफलता दर ९० देखि ९२ प्रतिशत रहेको र नेपालमा पनि ८५ प्रतिशतभन्दा बढी सफलता रहेको उनले बताए।

    उनका अनुसार अहिले पनि नेपालमा दक्ष जनशक्ति अभावका कारण कतिपय प्रत्यारोपणमा विदेशबाट विशेषज्ञ टोलीको सहयोग लिनुपर्ने अवस्था छ ।

    उनले भने, ‘हामीसँग अझै पर्याप्त ट्रान्सप्लान्ट टिम छैन । कतिपय अवस्थामा भारतलगायतबाट विशेषज्ञ टोली बोलाउनुपर्ने हुन्छ । सरकारले जनशक्ति विकास, प्राविधिक सहयोग र आर्थिक सहुलियतमा लगानी गरे प्रत्यारोपण सेवा धेरै विस्तार गर्न सकिन्छ।’

    केएमसी अस्पतालमा हालसम्म छ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै उनले अस्पतालमा आवश्यक उपकरण र पूर्वाधार तयार रहेको बताए।

    उनले भने, ‘हामीसँग प्रत्यारोपणका लागि आवश्यक सबै उपकरण छन् । हप्तामा एउटा कलेजो प्रत्यारोपण गर्न सक्ने क्षमता छ । एउटा प्रत्यारोपणमा औसत ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च हुन्छ । सरकारले यसमा कुनै आर्थिक सहयोग गर्दैन। बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्छ। यद्यपि, हाम्रो अस्पतालका अध्यक्ष डा. सुनिल शर्माको पहलमा अन्य अस्पतालको तुलनामा केही सहुलियत दिने प्रयास गरेका छौं।’

    डा. पौडेलले कलेजो शरीरको अत्यन्त महत्वपूर्ण अंग भएकाले यसलाई स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने बताए।

    उनले भने, ‘कलेजोले खाना पचाउने, औषधि प्रशोधन गर्ने, पित्त बनाउने, प्रोटिन सञ्चय गर्ने, शरीरको ऊर्जा व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण काम गर्छ। त्यसैले कलेजो स्वस्थ राख्नु अत्यन्त आवश्यक छ ।’

    कलेजो रोगबाट बच्न समयमै हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण, हेपाटाइटिस ‘ए’ र ‘बी’ विरुद्धको खोप, स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण तथा मदिरापान पूर्ण रूपमा त्याग्नुपर्ने उनले सुझाव दिए।

    उनले भने, ‘अहिले अत्यधिक मोटोपना, मधुमेह र मदिरापानका कारण कलेजो रोग बढिरहेको छ । समयमै परीक्षण गर्ने, स्वस्थ जीवनशैली अपनाउने, हेपाटाइटिसविरुद्ध खोप लगाउने र रक्सी सेवन बन्द गर्ने हो भने लिभर सिरोसिस, लिभर फेलर र कलेजोको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

    रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि रहस्यकै गर्भमा

    खारे खोलाले जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८ का १५ घर उच्च जोखिममा

    आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

    ‘गौंथली’मा मदनकृष्ण श्रेष्ठ र डा.रिजालबिच मिलेको केमेष्ट्री, रोचक छ अनुभव

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी…

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी,…

    नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ :…

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑