• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

      स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

      मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

      विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

      बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

      डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, प्रचारमा बालेन सरकारको भूमिकाको तारिफ

      प्रहरी निरीक्षक किरण राउत ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

      भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

      सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

      काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी, २६९ फरार पक्राउ, १८५ हतियार बरामद

      देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

      नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ : सोविता गौतम

      रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    होमपेज /  मुख्य समाचार

    नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ : सोविता गौतम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ८, शुक्रबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार न्यायाधिकरण स्थापनासम्बन्धी कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छन्। विकास निर्माणका आयोजनामा वर्षौंदेखि देखिँदै आएको कानुनी जटिलता, ठेक्का विवाद र मुद्दाका कारण परियोजना अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सरकारले पूर्वाधार न्यायाधिकरण स्थापना गर्न लागेको उनले स्पष्ट पारेकी छन्।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै मन्त्री गौतमले पूर्वाधारसम्बन्धी विवादको छिटो, विशेषज्ञतापूर्ण र प्रभावकारी निरूपणका लागि विशेष न्यायिक संयन्त्र आवश्यक रहेको उल्लेख गरेकी हुन्। उनका अनुसार न्यायाधिकरण स्थापना गर्न आवश्यक कानुनी मस्यौदामाथि अधिकांश छलफल सम्पन्न भइसकेको छ भने केही अन्तिम परिमार्जनपछि विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा दर्ता गरिने तयारी भइरहेको छ।

    उनले विकास आयोजनामा ढिलाइ हुनुको कारण केवल सरकार र निर्माण व्यवसायीबीचको विवाद मात्र नभई कानुनी प्रक्रिया, निर्णय प्रणालीको जटिलता तथा नीतिगत अस्पष्टतासमेत रहेको बताइन्। यस्ता कारणले राष्ट्रिय गौरवका आयोजना, सडक, पुल, जलविद्युत्, खानेपानी तथा अन्य पूर्वाधार परियोजनामा वर्षौंसम्म ढिलाइ हुने गरेको उनको भनाइ छ।

    मन्त्री गौतमका अनुसार प्रस्तावित पूर्वाधार न्यायाधिकरण स्थापना भएपछि पूर्वाधारसम्बन्धी मुद्दाको छिटो सुनुवाइ हुने, सर्वोच्च अदालतमा पर्ने मुद्दाको चाप घट्ने, सार्वजनिक स्रोत–साधनको संरक्षण हुने तथा नागरिकले समयमै गुणस्तरीय सेवा पाउने अधिकार थप सुनिश्चित हुनेछ। उनले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया पनि समानान्तर रूपमा अघि बढिरहेको जानकारी दिँदै यी दुई कानुनी सुधारले नेपालको विकास निर्माण क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेकी छन्।

    तर मन्त्री गौतमले सार्वजनिक रूपमा यस्ता महत्वाकांक्षी कानुनी सुधारका विषय उठाइरहेका बेला उनको कार्यसम्पादनलाई लिएर राजनीतिक वृत्तमा भने आलोचना पनि बढ्दै गएको छ। जेनजी आन्दोलनपछि बनेको बालेन नेतृत्वको सरकारमा कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएकी गौतमबाट कानुन निर्माण, न्याय प्रणाली सुधार तथा सुशासनका क्षेत्रमा ठोस उपलब्धि अपेक्षा गरिएको थियो। तर अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको टिप्पणी राजनीतिक विश्लेषक तथा विभिन्न सरोकारवाला तहबाट हुन थालेको छ।

    आलोचकहरूले मन्त्री गौतमले मन्त्री बन्नुअघि सार्वजनिक मञ्चहरूमा भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, जनपक्षीय शासन व्यवस्था तथा सुशासनका पक्षमा सशक्त अभिव्यक्ति दिँदै आफूलाई परिवर्तनको पक्षधरका रूपमा प्रस्तुत गरे पनि मन्त्रालय सम्हालेपछि ती प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्न नसकेको आरोप लगाएका छन्। उनी कानुन निर्माणका महत्वपूर्ण विषयमा अपेक्षाकृत कम सक्रिय देखिएको, सार्वजनिक बहसमा कम सहभागी भएको तथा सरकार र प्रधानमन्त्रीको बचाउमै बढी केन्द्रित भएको आरोपसमेत लाग्दै आएको छ।

    यद्यपि मन्त्री गौतमले आफूमाथि लागिरहेका यी आलोचनाबारे औपचारिक प्रतिक्रिया दिएकी छैनन्। उनले भने सरकारले अघि बढाइरहेका कानुनी सुधारका काम क्रमशः कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्दै पूर्वाधार न्यायाधिकरण र सार्वजनिक खरिद ऐन संशोधनले विकास निर्माणमा देखिएका पुराना समस्या समाधान गर्ने दाबी गरेकी छन्।

    सरकारले पनि ठूला पूर्वाधार आयोजनामा वर्षौंदेखि देखिँदै आएको कानुनी विवादलाई छिटो समाधान गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउने लक्ष्यका साथ पूर्वाधार न्यायाधिकरणसम्बन्धी कानुन अघि बढाइएको जनाएको छ। कानुन पारित भएपछि विकास आयोजनामा हुने ढिलाइ कम हुने र आयोजना व्यवस्थापन थप प्रभावकारी हुने सरकारको अपेक्षा छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

    काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी, २६९ फरार पक्राउ, १८५ हतियार बरामद

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

    आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी…

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी,…

    नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ :…

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑