• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

      बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू : ट्रम्प

      समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

      कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

      संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

      मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

      डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

      एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

      जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा

      रारा मुर्माटपमा टेलिकमको फोरजी सेवा सुचारु, स्थानीय खुशी

      मध्यपूर्वमा युद्धविरामपछि श्रीलंकामा इन्धनको मूल्य घट्यो

      सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    होमपेज /  आर्थिक

    डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मस्र्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

    यस उपलब्धिसँगै निजी क्षेत्रले जलविद्युत उत्पादनमा मात्र सीमित नरही प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत व्यापारसमेत गर्न सक्ने क्षमता रहेको स्पष्ट सन्देश दिएको ऊर्जा क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।

    यो प्रसारण लाइनको निर्माणको जिम्मा प्रारम्भमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो । तर सात वर्षभन्दा बढी अवधिमा कम्पनीले ८४ वटा टावरमध्ये ३५ वटा फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो । निर्माण अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते बाँकी काम निजी क्षेत्रलाई जिम्मा दिएको थियो ।

    त्यसपछि मस्र्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण अघि बढाएका थिए । आयोजनाको समन्वय र सहजीकरणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा समिति गठन गरिएको थियो । निजी क्षेत्रले जिम्मेवारी लिएपछि निर्माणले तीव्र गति लियो । हाल सबै ८४ वटा टावरको फाउन्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन पूरा भइसकेको छ । २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न भई अहिले परीक्षण सञ्चालनमा आएको छ ।

    यो प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको लगानी रहेको छ ।

    इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गरेको बताए । प्रसारण लाइन अभावका कारण उत्पादन भएको विद्युत खेर जाने समस्या भइरहेका बेला निजी क्षेत्रले जिम्मेवारी पूरा गरेर नयाँ इतिहास रचेको उनको भनाइ छ ।

    नेपाल विद्युत प्राधिकरणले पनि मार्कीचोक–भरतपुर खण्ड निर्माण सम्पन्न भइसकेको जनाएको छ । युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने अन्तिम तयारी पूरा भएको प्राधिकरणले जनाएको छ ।

    तनहुँको आँबुखैरनीस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म फैलिएको २८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमा हाल परीक्षणका रूपमा उच्च भोल्टेज विद्युत प्रवाह सुरु गरिएको छ। परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा आउनेछ । यो प्रसारण लाइनबाट मस्र्याङ्दी, दोर्दी, त्रिशूली तथा तिनका सहायक नदीमा निर्माण भएका र निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसअघि प्रसारण पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको विद्युत अब राष्ट्रिय प्रणालीमार्फत उपभोग तथा व्यापारका लागि उपयोग गर्न सकिने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले आयोजनाको सम्पन्नतालाई नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । प्रारम्भिक निर्माण कम्पनीबाट समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रले जिम्मेवारी लिएर आयोजना सम्पन्न गर्नु सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनको भनाइ छ ।

    उनले मस्र्याङ्दी करिडोरको बाँकी खण्ड पनि शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने ढिलाइ हटाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई समान प्राथमिकता नदिए ठूलो परिमाणमा विद्युत खेर जाने जोखिम बढ्ने उनले बताएका छन् ।

    यसैबीच नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन परीक्षण भइरहेकाले लाइन वरपरका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर आसपास गाईवस्तु नलग्न तथा कुनै असामान्य अवस्था देखिएमा तत्काल प्रहरी वा प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    उत्पादनको होइन, उधारोको संकट : तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई…

    संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

    सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको…

    बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

    सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य भएको ठहर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑