सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवै धातुको मूल्य उल्लेख्य रूपमा घटेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २५० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार यही सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको थियो भने चाँदी चार हजार ५९० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा दबाब देखिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९९९ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। विश्व बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
विश्व अर्थतन्त्र, अमेरिकी डलरको अवस्था, केन्द्रीय बैंकहरूको मौद्रिक नीति तथा अन्तर्राष्ट्रिय माग–आपूर्तिको अवस्थाअनुसार सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गर्दछ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा