• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग खारेज, सहकारी ठगीको मुद्दा मात्रै कायम

      इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

      ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु

      चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

      तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

      प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

      मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

      अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

      पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

      सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति

    होमपेज /  आर्थिक

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • इलाम । नेपाली चिया निर्यातमा भारतीय पक्षले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। निर्यात ठप्प हुँदा बजारमा मौज्दात चिया थुप्रिन थालेपछि उद्योगीहरू उत्पादन रोक्न बाध्य भएका हुन्।

    उद्योगीहरूका अनुसार हाल भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा बढी चिया बिक्री हुन नसकी रोकिएको छ भने नेपालका विभिन्न उद्योगहरूमा करिब ७ लाख किलो तयारी चिया थन्किएको अवस्थामा छ। मौज्दात चिया बिक्री नभएपछि थप उत्पादन गर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।

    समस्या भारतीय भन्सारले नेपाली चियाको नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने नयाँ प्रक्रियाबाट उत्पन्न भएको बताइएको छ। उक्त परीक्षणको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने भएकाले भारतीय आयातकर्ताहरूले नेपाली चिया खरिद गर्न हिच्किचाउन थालेका छन्। परिणामस्वरूप निर्यात शृंखला नै प्रभावित भएको उद्योगीहरूको भनाइ छ।

    सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार पहाडी क्षेत्रमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरू आजैदेखि पूर्ण रूपमा बन्द भएका छन्। तराई क्षेत्रमा सञ्चालित सीटीसी चिया उद्योगहरू पनि असार ४ गतेदेखि बन्द हुने तयारीमा छन्।

    नेपालमा उत्पादित चियाको करिब ९० प्रतिशत हिस्सा भारतीय बजारमा जाने भएकाले भारतीय अवरोधले समग्र चिया उद्योग नै संकटमा परेको उद्योगीहरूको भनाइ छ। उनीहरूले सरकारले तत्काल कूटनीतिक तथा व्यापारिक पहल गरी निर्यात सहज बनाउनुपर्ने माग गरेका छन्।

    उद्योगीहरूले यति ठूलो समस्या आउँदा पनि सरकारको तर्फबाट प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। चिया उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी प्रभावित हुने र हरियो चिया पत्ती बिक्री गरेर जीविकोपार्जन गर्ने किसानहरू प्रत्यक्ष मारमा पर्ने अवस्था सिर्जना भएको छ।

    उद्योग क्षेत्रले समस्या दीर्घकालीन रूपमा समाधान गर्न भारतसँग उच्चस्तरीय वार्ता, निर्यात प्रक्रियाको सहजीकरण तथा वैकल्पिक अन्तर्राष्ट्रिय बजारको खोजी आवश्यक रहेको बताएका छन्। चिया नेपालको प्रमुख नगदे बाली तथा निर्यातजन्य वस्तुमध्ये एक भएकाले वर्तमान संकटले ग्रामीण अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग…

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक…

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    आर्थिक

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑