सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि उक्त आकारको बजेट ल्याइएको जानकारी दिनुभयो ।
सरकारले प्रस्तुत गरेको बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो ।
त्यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
सरकारले आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा