• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

      टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

      हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

      २७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

      अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

      विश्व शान्ति दिवस आज मनाइँदै

      युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

      कर्णाली सरकार दुई महिना सम्मा कार्ययोजना विहीन

      पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु

      भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही

      तीन वटा संसदीय समितिको बैठक बस्दै

      डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित

    होमपेज /  राजनीती

    २६ वर्षदेखि फिल्म हेरेको छैन, तर चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १३, बुधबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९७ पटक पढिएको
  • काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा पोखराको एउटा हलमा ‘कारभान’ फिल्म हेरेयता हलमा गएर चलचित्र नहेरेको बताए ।

    चलचित्र विधेयक र नीतिबारे आफ्नो विशेष दखल नभए पनि चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको साधन मात्र ठान्न नहुने उनको तर्क छ । पुनले भने, ‘चलचित्र त शिक्षा र सामाजिक न्याय तथा उत्थानका लागि एउटा बलियो माध्यम हुनुपर्छ। मैले फिल्म नहेरेको भए पनि यस क्षेत्रलाई कहिल्यै हेला गरेको छैन ।’

    आगामी बजेटबारे सोधिएको प्रश्नमा उनले देशको अर्थतन्त्र सुधार्न ‘नवप्रवर्तन, अनुसन्धान र प्रविधि’मा पर्याप्त बजेट आउनेमा आफू विश्वस्त नरहेको बताए । वर्तमान अर्थमन्त्री र सरकारले नवप्रवर्तनको महत्त्वलाई गहिराइका साथ नबुझेको उनको आरोप छ ।

    ‘मैले धेरै ठुलो माग गरेको होइन, कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र प्रविधिका लागि छुट्याउनुपर्छ,’ पुनले भने, ‘३ खर्बको पुँजीगत खर्च हुँदा त्यसको १ प्रतिशत भनेको ३ अर्ब रुपैयाँ हो । यो बजेट भाषणमा समेटिए पनि सरकारले सजिलै छुट्याउन मान्दैन ।’

    नेपालमा आयात भइरहेका सामानहरूमध्ये कम्तीमा १० देखि २० प्रतिशत सामान स्वदेशमै उत्पादन गर्न सके मात्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र बलियो हुने उनले प्रष्ट पारे । ‘देशमा उद्योगधन्दा र उद्यमी नजन्माएसम्म रोजगारी सिर्जना हुँदैन, जबसम्म कर उठ्दैन तबसम्म अर्थ मन्त्रालयको ढुकुटी भरिँदैन,’ पुनले थपे, ‘अनि ढुकुटी नै खाली भएपछि सांसद र जनताले मागेका बाटो, पुल, स्कुल र अस्पताल कसरी बन्छन् ? ’

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई देशकै सबैभन्दा संवेदनशील मन्त्रालय बनाउनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री आफैँले गर्नुपर्ने पुनको माग छ । मन्त्रालयका सचिवदेखि तल्लो तहका कर्मचारीसम्म राजनीतिक नियुक्तिका नभई सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्नेमा उनले जोड दिए ।

    आफू मन्त्री बन्नका लागि यो कुरा उठाइरहेको भन्ने चर्चालाई खण्डन गर्दै उनले भने, ‘मलाई मन्त्री बन्ने कुनै रहर र वास्ता छैन । तर, अर्थमन्त्री वा अरू मन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेनन् भने पनि प्रधानमन्त्रीले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ ।’

    उनले देशका शीर्ष नेताहरू र युवा पुस्तालाई कुनै उपदेश वा शिक्षा दिनुको सट्टा सबैलाई आफ्नो दिमाग लगाएर देश र जनताको हितमा सोच्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

    टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको…

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको…

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑