• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

      विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग

      प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

      सार्वभौमसत्ताको हिसाबले नेपाल कुनै पनि देशभन्दा सानो छैन : सांसद कृपाराम राना

      प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

      आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह

      थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

      सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

      माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

      बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ शेखर कोइरालाद्वारा अस्वीकार

      जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन अमेरिका पुग्ने अभ्यासमा प्रतिबन्ध

      कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

      गृहमन्त्रीलाई मिरज ढुंगानाको कटाक्ष: ‘१०–१२ बोतल पानी बाँडेर मन्त्री खानेले अरूलाई राजनीति सिकाउन मिल्दैन’

      बाबुराम भट्टराई भन्छन् : पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

      कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    होमपेज /  आर्थिक

    कर्णाली प्रदेश : चार बर्षदेखि एउटै कार्यक्रम, हरेक बर्ष बजेट फ्रिज

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १४, सोमबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०४ पटक पढिएको
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासिन देखिएको छ ।

    सरकारले लगातार चार आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन ।

    आर्थिक बर्ष २०७९÷०८० को बार्षिक कार्यक्रममा समावेश भएको कर्णालीका दुर्गम जिल्लामा उडान भर्ने एयरलाइन्सलाई इन्धनमा सहुलियत दिने कार्यक्रम कार्यान्वयनमा सरकार उदासिन देखिएको हो ।
    तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान बिष्टले सस्तो लोकप्रियताका लागि कर्णाली प्रदेश सिरकारको नीति कार्यक्रममा उक्त योजना राखेका थिए ।

    पछि बजेट ल्याउँदा पनि उक्त शीर्षकका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरियो । उक्त कार्यक्रम आर्यान्वयन हुन सकेन । त्यही कार्यक्रमलाई त्यस पछिका आर्थिक मामिला मन्त्रीहरु महेन्द्र केसी, बेदराज सिंह र राजीव बिक्रम शाहले उक्त कार्यक्रमलाई निरन्तरता दिए तर कुनै मन्त्रीको पालामा पनि बजेट कार्यान्वयन हुन सकेन ।

    कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवाप्रदायकलाई सहुलियत प्रदान गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिँदै आएको छ । बजेट कार्यान्वयन नगरिँदा न त कर्णालीका नागरिकले हवाई सेवामा सहज पहुँच पाउन सकेका छैनन् । कर्णालीको प्रदेश राजधानीबाट अन्य जिल्लाहरुमा हवाई सेवा नै सञ्चालन गर्ने सरकारी योजना पनि अलपत्र परेको छ ।
    कर्णालीका जाजरकोट, दैलेख र सल्यानबाहेकका जिल्लाहरुमा सात जिल्लामा नौ वटा विमानस्थल छन् । तर कुनै जिल्लामा पनि सुर्खेतबाट सिधा हवाई उडान छैन ।
    कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्ला जिलमा लुम्बिनीको नेपालगन्जबाट उडान भईरहेका छन् भने रुकुमपश्चिममा काँठमाडौबाट उडान भर्ने गरिएको छ । कालिकोटमा सुनथराली विमानस्थल निर्माण सम्पन्न भई दुई पटक परीक्षण उडान भई सक्दा पनि नियमित उडान भएको छैन ।

    तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टले आर्थिक बर्ष २०७९÷०८० कर्णालीका हिमाली जिल्लाहरुमा हवाई उडानमा सहुलियत दिने भन्दै २० लाख बजेट विनियोजन गरेका थिए ।

    त्यसलाई निरन्तरता दिँदै त्यसपछिका मन्त्री महेन्द्र केसी र बेदराज सिंहले उक्त शिर्षकमा ‘आवश्यक बजेट बिनियोज गरेको छु’ भन्दै बजेट ल्याए । चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि बजेट ल्याएका आर्थिक मामिलामन्त्री राजीव बिक्रम शाहले पनि यो शिर्षकमा ४० लाख बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिन दुई महिनामात्र बाँकी हुँदासम्म बजेट कार्यान्वयन हुन सकेको छैन ।

    ‘प्रदेशभित्रको हवाई सेवालाई नियमित, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा नियमित उडान भर्ने हवाई सेवा प्रदायकलाई आवश्यक सहयोग र सहुलियतको व्यवस्था मिलाइने’ चालु आर्थिक बर्षको बजेटको बुँदा नं. ६१मा भनिएको छ । चालु आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यविधी बनाई सोही अनुरुप कार्यान्वयन गर्नु पर्ने भए पनि मन्त्रालयले हालसम्म कार्यविधी बनाउन सकेको छैन ।

    कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी बजेट कार्यान्वयन लागि पटक–पटक संघीय मन्त्रालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र विमान सेवा कम्पनीहरुसंग छलफल गरेपछि प्रगती हुन नसकेको बताउँछन् ।

    ‘कर्णालीका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री सहित सरोकारवाला निकायसंग छलफल भई अन्तिम चरणमा पुगेका बेला गत भदौमा भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक माहोलले ढिलाई भएको हो’ उनले भने । मन्त्रालय हवाई उडान सम्बन्धि कार्यविधी मस्यौदा तयारीको चरणमा रहेको उनले बताए ।

    सस्तो लोकप्रियताका लागि सरकारले नीति तथा कार्यक्रम बनाउने र बजेट विनियोजन गर्दा कार्यान्वयन हुन नसकेको स्थानीयको बुझाई छ ।

    नेपाली काँग्रेस कालिकोटका उपभापति मीनबहादुर बोगटी सरकारले स्थानीय सम्भावना मुल्याङ्कन नगरी बजेट बनाउँदा कार्यान्वयनमा समस्या भएको बताउँछन् ।

    ‘राजनीतिक जस लिने र सस्तो लोकप्रियताको होडबाजीका लागि कार्यक्रम बनाउँदा कार्यान्वयन हुन सक्दैन’ उनले भने, ‘सरकारको उदासिनताका कारण कर्णालीका नागरिकले जहाज चढ्न लुम्बिनी प्रदेश पुग्नुपर्ने बाध्यता छ ।’

    प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कालिकोटको सुनथराली विमानस्थलमा नियमित उडानका लागि पटक पटक छलफल गर्दा पनि सफल हुन नसकेको नरहरीनाथ गाउँपालिका कालिकोटका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट बताउँछन् ।

    ‘हरेक बर्ष प्रदेश सरकारले हिमाली जिल्लाका विमानस्थलहरुमा नियमित उडानका लागि सहुलियत दिने कार्यक्रम ल्याउँछ’ उनले भने, ‘दुई पटक सफल परिक्षण उडान गरेको हाम्रो पालिकाको सुनथराली विमानस्थलमा नियमित उडानका लागि पालिकाले पनि सहुलियत दिने प्रतिबद्धता जनाउँदा पनि नियमित उडान गर्न सकिएन ।’

    कहिल्यै विमान सेवा कम्पनीहरुका कारण त कहिले प्रदेश सरकारले कार्यविधी नभएको कारण देखाउँदै उक्त कार्यक्रम कार्यान्वयन गर्न नसकिएको उनले बताए । सडक यातायात कठिन रहेका कर्णालीका हिमाली तथा दुर्गम जिल्लाका नागरिकहरूलाई नियमित रूपमा सहज, सुलभ हवाई सेवामा जोड्ने उद्देश्यका साथ प्रदेश सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन गर्न नसक्दा सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रमले कर्णालीका नागरिकको हितमा नभएको सरोकारवालाहरु बताउँछन् ।

    गत चैत ६ गते बसेको कर्णाली प्रदेशसभा बैठकले कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६ बुँदे संकल्प प्रस्ताव पारित गरे पनि कार्यान्वयन हुन सक्ने अवस्था देखिएको छैन ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको प्रस्तावमा प्रदेशसभाले सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा जुम्ला कालिकोट, हुम्ला, मुगु र डोल्पामा नियमित हवाई सेवा सञ्चालन गर्न प्रदेश सरकारले गम्भीरतापूर्वक आवश्यक पहल गर्ने लगायतका बुँदाहरु समेटिएका थिए ।

    संघीय सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, तथा निजी वायुसेवा प्रदायकहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने, हवाई सेवा सञ्चालनलाई दिगो, नियमित तथा प्रभावकारी बनाउन अनुदान, सहुलियत वा निजी सार्वजनिक मोडल अवलम्बन गर्ने व्यवस्था मिलाउने र प्रदेशभित्र रहेका विमानस्थलको स्तरोन्नति, मर्मत सम्भार तथा सुरक्षा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने लगायतका बुँदाहरु संकल्प प्रस्तावमा पारित गरिएका थिए ।

    त्यसै गरी आपतकालिन स्वास्थ्य सेवा, विपत् उद्धार तथा मानवीय सहायता प्रयोजनका लागि हवाई सेवालाई विशेष प्राथमिकतामा राखी सञ्चालन गर्ने व्यवस्था मिलाउने र हवाई सेवा सञ्चालनबाट स्थानीय अर्थतन्त्र, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनामा पर्ने सकारात्मक प्रभावका निमित्त नियमित अनुगमन तथा मुल्याङकन गर्ने व्यवस्था मिलाउने संकल्प प्रस्तावमा गरिएको छ ।

    उक्त प्रस्ताव कार्यान्वयनले कर्णालीका नागरिकको जीवनस्तरमा सुधार, सेवा पहुँचमा विस्तार र देशको समग्र आर्थिक सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ प्रस्तावक विष्टको दाबी छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल…

    विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको…

    प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑