सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’लाई सम्मान तथा शुभकामना प्रदान गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित “शुभकामना आदान–प्रदान कार्यक्रम” मार्फत उक्त सम्मान गरिएको हो।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित रुकेश रञ्जित तथा समानुपातिकतर्फ निर्वाचित प्रमिला कुलुजु लाई खादा, पुष्पगुच्छा र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा करिब ६० जना अभिकर्ता, शाखा कर्मचारी तथा कम्पनीका उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।
सांसद प्रमिला कुलुजुले सिटिजन लाइफसँगको यात्राले आफ्नो नेतृत्व विकास र व्यक्तित्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले उक्त अनुभवले राजनीतिक यात्रामा समेत सहयोग पुगेको उल्लेख गरिन्।
सांसद रुकेश रञ्जितले बीमा क्षेत्रका समस्या तथा कर प्रणालीसम्बन्धी विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग गर्ने बताए।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले अभिकर्ताहरू नीति निर्माण तहसम्म पुग्नु कम्पनीको उपलब्धि भएको बताए। प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नव–निर्वाचित सांसदहरूको योगदानले बीमा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कम्पनीले यस्ता उपलब्धिहरूले बीमा क्षेत्रको विस्तार तथा नयाँ पुस्तालाई प्रेरणा दिने जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा