सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बैंकिङ सेवा र सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता कायम गर्दै दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रमाणपत्र हासिल गरेको छ। बैंकले ISO 9001:2015 (गुणस्तरीय व्यवस्थापन प्रणाली) र ISO 27001:2022 (सूचना सुरक्षा व्यवस्थापन प्रणाली) एकैसाथ प्राप्त गरेको हो।
यस उपलब्धिसँगै गरिमा विकास बैंक नेपालका वित्तीय संस्थामध्ये एकैपटक दुईवटा अन्तर्राष्ट्रिय ISO प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ। बैंकले ग्राहक सेवा, आन्तरिक व्यवस्थापन प्रणाली तथा सूचना प्रविधि सुरक्षामा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पुष्टि भएको छ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित विशेष कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था Interscertका तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
प्रमाणपत्र हस्तान्तरणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले सधैं ग्राहककेन्द्रित सेवा, पारदर्शिता र प्रविधिमैत्री प्रणालीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले ISO प्रमाणपत्रले बैंकको सेवा गुणस्तर र सूचना सुरक्षाप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ISO 9001:2015 प्रमाणपत्रले संस्थाको व्यवस्थापन प्रणाली, सेवा गुणस्तर, ग्राहक सन्तुष्टि र निरन्तर सुधार प्रक्रियालाई सुदृढ बनाउने लक्ष्य राख्दछ भने ISO 27001:2022 ले सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, डाटा संरक्षण र साइबर सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा सुनिश्चित गर्दछ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, विस्तारित सेवा काउन्टर तथा डिजिटल प्लेटफर्ममार्फत करिब ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र भरपर्दो बैंकिङ अनुभव प्रदान गर्दै आएको जनाएको छ।
बैंकले पछिल्ला वर्षहरूमा प्रविधिमैत्री सेवा विस्तार, जोखिम व्यवस्थापन सुधार तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ। ISO प्रमाणपत्र प्राप्तिसँगै बैंकले नेपालकै बैंकिङ क्षेत्रमा गुणस्तर र सूचना सुरक्षाको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा