सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीका रूपमा सञ्चालन गर्ने भएको छ।
बैंकका अनुसार सहायक कम्पनी स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ। यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक शेयर खरिद–विक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भइसकेको थियो।
नेपाल राष्ट्र बैंकबाट लगानी स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्रसम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेण्ट बैंकिङ सेवा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।
हाल आकाश क्यापिटल लिमिटेडको नाममा रहेको कम्पनी अब कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा “कामना सेवा क्यापिटल लिमिटेड” नामबाट सञ्चालन हुनेछ।
यस पहलबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजार विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा