सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना अभिकर्ताहरूका लागि १ दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले “मन्थन २०८२” मासिक योजना अन्तर्गत बीमाशुल्क संकलनका आधारमा छनोट गरिएका सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै तथा लुम्बिनी प्रदेशका केही शाखाबाट गरी १६० जना अभिकर्तालाई तालिम प्रदान गरेको हो।
महेन्द्रनगरस्थित होटल ओपेरा मा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमद ले एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमको उद्घाटन सहायक महाप्रबन्धक विवेक शर्मा ले गर्नुभएको थियो। सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्ट ले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा ले कम्पनीले अभिकर्ताको पेशागत विकासका लागि नियमित रूपमा यस्ता तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा