• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

      कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

      क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

      डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न चिकित्सक संघको माग

      नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

      चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

      दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    होमपेज /  आर्थिक

    आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र २३, सोमबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३६ पटक पढिएको
  • काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताए ।

    उनले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नुपर्छ । जनमत पनि यही हो, हामी यसैमा केन्द्रित छौँ ।’
    अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा काम भइरहेको बताए ।
    ‘आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ,’ उनले भने,‘नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ, हल्ला र गलत अफवाहको पछि नलागौँ ।’

    उनका अनुसार केही अनुसन्धानहरू पुरानै भए पनि अहिले अन्तिम चरणमा पुगेका छन् । उनले अपराध गर्नेहरूलाई उन्मुक्ति नदिने तर कसैप्रति छानीछानी प्रतिशोध पनि नलिइने स्पष्ट पारे । साथै सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गर्ने उनको भनाइ थियो ।

    शेयर बजारबारे पनि उनले सरकारको धारणा स्पष्ट पार्दै आफूहरूको पार्टी शेयर बजारप्रति उदार रहेको र घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताए । पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।

    भेटमा एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीलगायत प्रतिनिधिहरूले हाल बजारमा गलत हल्ला फैलाइएको भन्दै गुनासो गरेका थिए । उनीहरूले शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने खालका अफवाह फैलाइरहेको बताए ।

    प्रतिनिधिहरूले संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि गोप्य रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे । साथै पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग माग पनि गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

    उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको…

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने…

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑