• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

      फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

    होमपेज /  लेख/साहित्य

    ‘अग्र अनुहार र इलामको चुनाव’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख ९, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३११ पटक पढिएको
  • केशव प्रसाद बोहरा / इलाम । आजको छैटौं दिनमा वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर क२ मा हुन लागेको उपनिर्वाचनले त्यहाँको माहोल तताएको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आ–आफ्ना उम्मेदवारलाई जिताउन गाउँ–गाउँ र घरघर पुगिरहेका छन् । इलामको चुनावी सरगर्मीले काठमाडौंमा भने नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ लाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०७९ को आमनिर्वाचनमा ‘जान्नेलाई छान्ने’ भन्दै मत मागेको थियो । पुराना दलको कार्यशैलीबाट असन्तुष्ट जनताले रास्वपाको नारालाई एक हदसम्म विश्वास गरे र मतदान समेत गरे । रास्वपा अहिले प्रतिनिधिसभाको चौथो दल बनेको छ । उक्त दलले वैशाख १५ गते हुने निर्वाचनमा पनि इलाम–२ मा उम्मेदवारी दिएको छ । जान्नेलाई छान्ने भनेको रास्वपाले इलाम–२ मा दिएको उम्मेदवारीकै कारण ‘अग्र अनुहार’ को चर्चा चलेको हो ।

    रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई अघि सारेको छ । उनी त्यही व्यक्ति हुन्, जसले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको पुस्तक विमोचन कार्यक्रम बिथोल्ने र पुस्तक च्यात्ने कामको अगुवाई गरेका थिए । इलाममा ‘अवसरवादी र अराजक केटो’ भन्ने पहिचान बनाएका उनले पत्रकार महासंघको सार्वजनिक समारोहमै पुस्तक च्यातेर पुष्ट्याइँ मात्रै दिएनन्, पुस्तक च्यातेर पत्रकारिता क्षेत्रकै खिल्लि उडाएका थिए ।

    त्यति बेलासम्म उनी सत्तारुढ नेकपा माओवादी केन्द्रमा थिए । माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरकै साथ र समर्थनमा उनी आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को महासचिव बनेका थिए । माओवादीका सुदन किराँती पर्यटन मन्त्री हुँदासम्म उनकै सचिवालयमा अधिकांश समय उपस्थिल रहने मिलन लिम्बुमा इलाम–२ मा उम्मेदवार बन्ने महत्वकांक्षा जाग्यो ।

    नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धनबाट टिकट पाउने सम्भावना नदेखेपछि विस्तारै रास्वपातिर उनी लहसिए । केही महिना अघिसम्म रास्वपा अध्यक्ष रबि लामिछानेबिरुद्ध सामाजिक सञ्जालमा खरो टिकाटिप्पणी गर्ने उनी अहिले ‘जान्नेलाई छान्ने’ रास्वपाको छनोटमा परेका छन् ।

    त्यतिमात्र होइन, रास्वपाबाट उम्मेदवार बन्नु केही दिनअघि मात्र रास्वपा पनि कांग्रेस, एमाले, माओवादी जस्तै भएको भन्दै आफू अलग्गै उम्मेदवार बन्ने घोषणा पनि गर्दै हिँडे । तर अन्तिम उनी त्यही रास्वपाको उम्मेदवार बनेका छन् । रास्वपाले पनि उनै लिम्बुलाई मैदान उतारेको छ ।

    संविधानको धारा १९ ले कुनै पनि प्रकाशन पूर्व निषेध वा प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको छ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको पुस्तकले इतिहास तोडमोड गरेको दाबी गर्दै जातीय राजनीति गरेर मिलन लिम्बुकै नेतृत्वमा पुस्तक विमोचनकै दिन अग्रजहरुकै सामु च्यातियो । इतिहासको आवरणमा राजनीति गरेर चर्चामा आउन चाहेका लिम्बु प्रतिनिधिसभा सदस्य भए भने तिनले संविधानको कसरी संरक्षण गर्लान् र कस्तो कानुन निर्माण होला भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।

    त्यतिमात्र होइन, पत्रकार महासंघ स्थापनाको ६९ वर्ष पुग्दैगर्दा आएको नयाँ प्रकाशनलाई विवादको बिषय बनाएर आफू कचर्चामा आउने हतियार बनाउने काम मिलनले गरे । नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार संघको स्थापना २०१२ चैत १६ गते भएको हो । २००७ सालमा प्रजातन्त्रको स्थापनापछिको खुला वातावरणमा पत्रकारिता क्षेत्र पनि फस्टायो ।

    दैनिक, साप्ताहिक, पाक्षिक, मासिक जस्ता विभिन्न पत्र–पत्रिका प्रकाशन हुने क्रम सुरु भयो । नेपाली कांग्रेसको मुखपत्रका रुपमा परिचित नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद भट्टराई (उपाध्याय) को अग्रसरतामा नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासंघ) स्थापना भएको ‘अग्र अनुहार’ मा उल्लेख छ ।

    प्रतिष्ठान प्रदेश समितिका अध्यक्षसमेत रहेका बालकृष्ण अधिकारीको सम्पादनमा आएको १९२ पेजको सो पुस्तकमा २०१२ पुस १९ गते नेपाल समाचारका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारहरुलाई संगठित पार्न संस्था स्थापना गर्ने संकल्प गरेको उल्लेख छ ।

    पत्रकार एकतालाई सशक्त बनाउनुपर्ने अवस्थामा आएको संकल्पमा प्रतिक्रिया ब्यक्त गर्न २०१२ चैत १६ गते बसेको अर्को भेलाले कृष्णप्रसाद भट्टराईको सभापतित्वमा फत्तेबहादुर सिंह उपसभापति, मणिराज उपाध्याय मन्त्री, राम सिंह सहायक मन्त्री, उदयराज शास्त्री कोषाध्यक्ष, हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मिश्र सदस्य रहेको कार्यसमिति गठन भएको जनाइएको छ ।

    भट्टराई नेतृत्वको यो संघले विभिन्न उकाली–ओराली र भन्ज्याङ–चौतारी पार गर्दै अविच्छिन्न नेतृत्वसहित ६८ वर्ष पूरा गरेर देशको  सबैभन्दा अग्रणी र लोकतान्त्रिक पेशागत संगठनका रूपमा स्थापित भएको छ ।

    हुन त प्रेमराज शर्मा, भोजबहादुर न्यौपाने, रामहरि जोशी, रामराज शर्मा, नारायणप्रसाद भट्टराई, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टण्डनसहित २१ जना पत्रकारहरूले २००८ जेठमा सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ स्थापना गरेको पाइन्छ । तर, त्यसले निरन्तरता पाएको देखिँदैन ।

    राजनीतिक आग्रह र पूर्वाग्रहमा उक्त विषय निक्र्योलमा नपर्दाको मारमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति परेको छ । उसले नेपाल पत्रकार संघदेखि महासंघसम्म अर्थात् कृष्णप्रसाद भट्टराईदेखि विपुल पोखरेलसम्म नेतृत्वमा रहेका पत्रकारहरुको व्यक्तिगत जीवनीसहित पत्रकार, पत्रकारिता तत्कालिन राजनीतिक अवस्थाको जानकारी हुनेगरी पुस्तक तयार पारेको छ । ‘अग्र अनुहार’ कथा अग्रजको गाथा महासंघको नाम दिएर प्रकाशनमा ल्याएको पुस्तक संस्थापक अध्यक्ष को हो भन्ने विषयलाई लिएर विवादमा तानिएको छ ।

    प्रदेश समिति संस्थापकको टुंगो लगाउने निकाय होइन । त्यो माग राख्नेलाई पनि थाहा छ । तर, महासंघको विधान र उसैले हाम्रा अध्यक्ष÷सभापति यी हुन् भनेर ठम्याइएका व्यक्तिका बारेमा उक्त पुस्तक तयार गरिएको छ । सत्यनारायण बहादुर श्रेष्ठले पु¥याएको योगदानलाई किताबमा समेटिएको छ । तर, श्रेष्ठलाई नै संस्थापक अध्यक्ष मान्नु पर्ने भन्दै र पुस्तकमा सोही कुरा समेट्नु पर्ने भन्दै फोनिज निकट पत्रकारहरूले मिलन लिम्बुको नेतृत्वमा माघ २८ गते प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । लिम्बुको लहलहैमा फोनिज अध्यक्ष गजुरधन राई जो नेपाल टेलिभिजनमा कार्यरत छन् उनीसमेत किताब च्यात्न अग्रपंक्तिमा सक्रिय थिए ।

    स्थापनाको ६८ वर्षमा २३ अध्यक्षहरू रहेको महासंघमा उनीहरूको मात्र होइन सिंगो पत्रकारिताका बारेमा एकसरो जानकारी छ पुस्तकमा । त्यस्तो पुस्तक च्यात्दै फोनिजका निकट केही पत्रकारले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए । तर अहिले लिम्बु इलाममा उम्मेदवार बनेका छन् भने अरु चुपचाप छन् ।

    अहिलेसम्म सभापति÷अध्यक्ष बनेकाहरूमा कृष्णप्रसाद भट्टराई, दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, महेन्द्र विष्ट, गोविन्द आचार्य र बिपुल पोखरेलका बारेमा पुस्तक उल्लेख छ ।

    महासंघका पूर्वअध्यक्ष÷सभापतिको पारिवारिक मात्र होइन राजनीतिक पृष्ठभूमि पनि जान्न र बुझ्न सकिन्छ । त्यतिबेलाको पत्रकारिता, पत्रकार महासंघका सामु रहेका चुनौती र अनुभूति पनि पुस्तकमा समेटिएका छन् । राजनीतिक अवस्था र त्यतिबेला महासंघका नेतृत्वले भए गरेको कामको पनि एकसरो विवरण पुस्तकमा छ ।

    पत्रकारहरू बालकृष्ण अधिकारी, यम बिरही, चेतन पाण्डे, पोषनाथ अधिकारी, भाषा शर्मा, शेखर अधिकारी, विष्णु नेपाल, रुक्मिणी पोखरेल, शिवहरि घिमिरे, केशव बोहोरा, सुभाषप्रसाद साह, शिवराज रेग्मी, अशोक घिमिरे, अनिताकुमारी घिमिरे, नरेन्द्र मानन्धर, वीरेन्द्र ओली र देवेन्द्र बस्नेतले उनीहरूका बारेमा पुस्तकमा लेखेका छन् । सबै जस्तो कार्यसमिति सदस्यहरूको नाम समेत समेटिएको पुस्तकमा फोटो नभएर स्केचको प्रयोग गरिएको छ ।

    कभर पेजको सजावट देखि भित्री पृष्ठहरूमा पनि अरु पुस्तकमा भन्दा अलग प्रयोग गर्न खोजिएको ‘अग्र अनुहार’ पत्रकार महासंघ र पत्रकारिताका बारेमा चासो राख्नेहरुका लागि निकै उपयोगी सामग्री छ । पत्रकारिताका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहनेका लागि उक्त पुस्तक गतिलो सन्दर्भ सामग्री बन्न सक्नेछ ।

    २०१२ सालमा नेपाल पत्रकार संघ स्थापना यता पञ्चायत पूर्व, पञ्चायत, बहुदल, गणतन्त्र गरी चारैवटा राजनीतिक व्यवस्था र सामाजिक परिवेशमा पत्रकारको भूमिका केकस्ता थिए भन्ने जानकारी पनि पुस्तकमा पाउन सकिन्छ । पञ्चायत पूर्वका दुई, पञ्चायतकालका दश, बहुदलकालका छ र संघीय गणतन्त्र स्थापना भएपछि पाँच अध्यक्षहरूले पत्रकारको पेसागत अधिकार, व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कसले कति योगदान दिए भन्ने पनि पुस्तकमा समेटेको छ ।

    नेपालको मात्र होइन विश्व पत्रकारिताका बारेमा सामान्य जानकारी पुस्तकबाट पाउन सकिन्छ । ६८ वर्ष लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघ र त्यसको नेतृत्वकर्ताका बारेमा सामान्य जानकारी पाउनसमेत नसकिने अहिलेको अवस्थामा पत्रकार महासंघ र नेपाली पत्रकारिताका बारेमा थप अध्ययनका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको उक्त पुस्तक सहयोगी बन्ने देखिन्छ । साथै, संघीयताको औचित्यमाथि नै प्रश्न उठिरहेका बेला प्रदेशहरूले केन्द्रले गर्न नसकेको काम पनि गर्नसक्छ है भन्ने उदाहरण नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति बन्न पुगेको छ । पत्रकारिताका विद्यार्थी र नव प्रवेसीलाई अझ उपयोगी हुनेछ ।

    जुनकुरा पुस्तकमा प्रा. रामकृष्ण रेग्मीले ‘सतहमा हेर्दा यो किताब अनेक पत्रकारको व्यक्तित्व–परिचय हो, पत्रकार महासंघको एक किसिमको इतिहास हो तर सारवस्तुलाई केलाउँदा नेपालको विविध राजनीतिक कालखण्ड, सामाजिक–सांस्कृतिक परिवेशमा नेपाली पत्रकारको यात्रा कसरी अघि बढ्दै आएको रहेछ भन्ने तथ्यको जीवन्त प्रमाण हो । प्रस्तोता सबै जीवनी लेख्ने शैलीमा त्यही कुरामा केन्द्रित भएको देखिन्छ । यसैले यो पुस्तकका पाना पानामा, तथ्यांक तथ्यांकमा र सन्दर्भ सन्दर्भमा पत्रकारिता अभ्यास गर्ने, पत्रकारिता पढ्ने र आमसञ्चार माध्यम प्रयोग गर्ने सबैका लागि उपयोगी संकेत तथा सामग्री फेला पर्छन् लेखेका छन् । त्यसले पनि यो पुस्तकको महत्वपूर्ण रहेको देखाउँछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न…

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

    अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र…

    बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑