सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएकी छन् ।3
बुधबार पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।
पत्रमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु।’
मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन्।
अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा