सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ। उनको राजीनामा स्वीकृत भएसँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्य पद रिक्त भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार थापाले गत मंगलबार प्रदेशसभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएको तीन दिनपछि उनको राजीनामा स्वीकृत भएको हो।
पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रका लागि पर्याप्त विकास योजना बजेटमा समावेश नभएको भन्दै असन्तुष्टि जनाएका थिए। बजेट निर्माण तथा पारित गर्ने प्रक्रियाप्रति असहमति जनाउँदै उनले पद छाडेका हुन्।
बजेट पारित गर्नुअघि एमालेले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, थापा र सामाजिक विकास समितिका सभापति धर्मराज पाठक बैठकमा अनुपस्थित भएका थिए। त्यसपछि एमालेले दुवै सांसदसँग स्पष्टीकरण मागेको थियो।
थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै उक्त क्षेत्रमा प्रदेशसभा सदस्य पद रिक्त भएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा