सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सामसुङले अर्को वर्ष सन् २०१८ को सुरुमै सार्वजनिक गर्नेगरी नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको काम सुरु गरिसकेको छ । ग्यालेक्सी एस नाइन सँगै ठूलो एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै रहनेछ ।रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी एस नाइन र एस नाइन प्लसका पाटपूर्जाको उत्पादन पनि तिब्र पारिरहेको छ । समय अगावै यी स्मार्टफोन लञ्च गर्ने लक्ष्यका साथ उत्पादन कार्यलाई तिब्र बनाइएको बताइएको छ । यद्यपि यसबारेमा सामसुङले आधिकारिक रुपमा केही बताएको छैन ।
स्मरण रहोस् गत अपि्रलमा सामसुङले चिपसेट निर्माता क्वालकोमसँग मिलेर नयाँ पुस्ताको प्रोसेसरको विकास गरिरहेको खबर सार्वजनिक भएको थियो । उक्त नयाँ प्रोसेसर ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा प्रयोग गरिने पनि बताइएको छ । उक्त प्रोसेसरलाई स्नापड्रागन ८४५ भनिएको छ । विद्यमान ग्यालेक्सी एट स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ । रिपोर्ट अनुसार कम्पनीले छिटै नै सातौँ पुस्ताको ओएलइडी डिस्प्ले उत्पादन गर्न सुरु गर्नेछ जुन ग्यालेक्सी एस नाइनमा प्रयोग गरिनेछ । एजेन्सी
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा