सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरेकी छन् ।
उक्त निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन् । यसपटक भने सोही क्षेत्रबाट रास्वपाका तर्फबाट सुनिल केसी निर्वाचित भएका हुन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा