सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले उल्लेखनीय अग्रता कायम गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सकिँदासम्म प्राप्त अन्तिम नतिजा अनुसार खत्रीले ३८ हजार ४६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले ९ हजार ७२७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कबीर रानाले ७ हजार ९६२ मत प्राप्त गरेका छन् ।
मध्यपुरथिमि–९ को मतगणना सम्पन्न भएसँगै खत्रीले प्रतिस्पर्धी उम्मेदवारहरूमाथि ठूलो मतान्तरले अग्रता कायम राखेका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा