• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

      कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

      विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

      डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

      कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

      दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी

      मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

      उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

      आईपीएल आजदेखि पुन सुरु हुँदै 

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

      सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

      आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

      अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

      आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    होमपेज / अन्य

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ४, शनिबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६६ पटक पढिएको
  • काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशत पुगेपनि दुर्गम भेगमा भने अझै नेटवर्क र सेवा विस्तारमा समस्या देखिएको छ । प्राधिकरणका ग्रामिण विकास शाखाका उप–निर्देशक विनोद चन्द्र श्रेष्ठका अनुसार देशका हिमाली, पहाडी तथा सीमावर्ती क्षेत्रहरूमा अझै पूर्ण रुपमा सञ्चार सेवा पुग्न सकेको छैन् ।

    उनले भने, ‘हामी नेटवर्क आफैं बनाउँदैनौं, सेवा प्रदायकलाई निर्देशन र सहजीकरण गरिरहेका छौं । तर भूगोल, पूर्वाधार अभाव, र विद्युत आपूर्तिको समस्या प्रमुख चुनौतीका रुपमा देखिएका छन् । दुरदराजमा अहिले पनि समस्या छ सञ्चारको । धेरै ठाउँमा अझै पनि नेटवर्कको समस्या छ । हामीले काम गर्नुपर्ने ठाउँहरु प्रशस्तै छ । हिमाली, उच्च पहाडी, राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्र र सीमा क्षेत्रहरु, नयाँ खुलेका राजमार्गहरु, नदीका तटमा खुलेका करिडोरहरुमा पनि मोबाइल नेटवर्क कभरेज पुर्याउन आवश्यक देखिएको छ ।’

    साथै उनले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय भएको बताए । उनले विश्वभरी २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।

    उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । यसले खासगरी नेपालभित्र सञ्चालन हुने दूरसञ्चार सेवाहरुको नियमन गर्ने काम गर्छ । विश्वभरको अवस्था हेर्यो भने २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर छन् । त्यसमा बढी महिला छन् । त्यसैले यस्ता ठाउँहरुमा पनि सेवा विस्तार गर्नुपर्ने छ ।’

    यसैगरी सहायक निर्देशक श्रेष्ठले विश्व दूरसञ्चार दिवस सम्बन्धी नेपाल न्यूज बैंकसँग कुरा गर्दै प्राधिकरणले देशभर सञ्चालित दूरसञ्चार सेवाहरूको नियमन गर्ने काम गर्दै आएको बताए । उनले प्राधिकरणले सेवा आफैं नदिने भएपनि सेवा प्रदायकहरूलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्न निर्देशन दिने र ग्रामिण दूरसञ्चार विकास कोषमार्फत सहयोग गर्ने बताए ।

    ‘प्राधिकरण सेवा प्रदायक होइन, हामी नेटवर्क बनाएर जाने संस्था होइनौं, श्रेष्ठले स्पष्ट पारे, ‘तर नीति र कोषमार्फत सेवा विस्तार गराउन दूरसञ्चार काम गर्दै आइरहेको छ ।’

    ग्रामीण क्षेत्रमा दूरसञ्चार टावरहरूको संख्या बढेपनि तिनमा आवश्यक विद्युत आपूर्ति नहुँदा सेवा अवरुद्ध हुने समस्या रहेको सहायक निर्देशक श्रेष्ठले बताए । कतिपय स्थानमा सौर्य ऊर्जा र ब्याट्री प्रयोग गरिएपनि मौसम प्रतिकूल हुँदा पर्याप्त घाम नलाग्ने कारणले ब्याकअप पावर चलाउन नसक्ने अवस्था देखिएको समेत उनले बताए ।

    उनले भने, ‘विद्युत लाइन नपुगेका ठाउँमा सोलार प्लस ब्याट्री प्रयोग गर्नुपरेको छ । तर लामो समय घाम नलाग्दा सञ्जाल बन्द हुने स्थिति आउँछ । तर विकट ठाउँहरुमा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएर नेटवर्क विस्तार र गुणस्तर कायम गर्न सधैं अग्रसर भएर काम गरि नै रहेको छ । मोबाइलको टावरहरु बनिसकेको स्थानमा पनि पावरहरुको रिलायटि नहुने अवस्था छ । सबै ठाउँमा विद्युत प्राधिकरणको विद्युत सेवा पुगिसकेको छैन् । कतिपय ठाउँमा सोलार पावरले चलाउनुपर्ने स्थिती छ । सोलार प्लस ब्याट्रिको प्रयोग गर्नुपर्ने अवस्था छ । मौसमको कारणले गर्दाखेरी पनि विकट ठाउँहरुमा पावर ब्याकप जति भनेको छ त्यो भन्दा बढी घाम लागेन र ब्याकप हुन नसकेका कारणले पनि विकट ठाउँका जनता सञ्चारका माध्यमबाट टाढा हुनुपर्ने बाध्यता छ ।’

    यसैगरी नेपालमा फाइभजी प्रविधिको परीक्षण भए पनि हालसम्म व्यावसायिक सेवा सुरु हुन सकेको छैन । सेवा प्रदायक कम्पनीहरूले आवश्यक पूर्वाधार निर्माण र लगानी गर्न चासो नदेखाएको उनको भनाइ छ ।

    फाइभजी लागि धेरै टावर, नेटवर्क इन्फ्रास्ट्रक्चर र ग्यारेन्टी चाहिन्छ । तर सेवा प्रदायकहरू अझै त्यसमा तयार नरहेको श्रेष्ठले बताए ।

    उनले भने, ‘फाइभजी टेस्टिङ चरणमा थियो । यसमा सेवा प्रदायकहरुले चासो देखाउन नसकेका कारणले पनि नेपालमा चल्न सकेको छैन । यसमा धेरै पूर्वाधारहरु चाहिन्छ । टावरहरुको संख्या पनि धेरै नै चाहिन्छ । साथै यसमा ग्यारेन्टिको कुरा पनि आउँछन् । सेवा प्रदायकहरु लगानी गर्न तयार पनि हुनुपर्यो । दूरसञ्चार क्षेत्रको प्रमुख चुनौति भनेको भूगोल र पूर्वाधारहरुमा गर्नुपर्ने लगानी हो । सरकारले र नेपाल दूरसञ्चार प्राधिकरणले पनि नीति नियमहरु बनाएर अगाडि बढ्न नसक्नु नै प्रमुख चूनौति हो ।’

    यसैगरी वर्तमानमा नेपालमा दूरसञ्चार ऐन २०५३ र दूरसञ्चार नीति २०६० अनुसार सेवा सञ्चालन भइरहेको बताए । उनले ऐन नीति पुरानो भएकाले ऐनलाई समयसापेक्ष संशोधन गर्न ढिलाइ हुँदा समस्या आइरहेको समेत बताए ।

    ‘दूरसञ्चार नीति २०६० मा बन्यो । दूरसञ्चार ऐन २०५३ अनुसार अहिले काम भइरहेको छ । नीति आइसकेपछि नीति अन्तरगत हुने दूरसञ्चार ऐन बनिदियो भने सबै नकारात्मक पक्षहरु सकारात्मक हुँदै जान्थे,’उनले भने, ‘नीति भन्दा ऐन पूरानो छ । यसले गर्दा कतिपय अप्ठ्याराहरु ऐन संशोधन नहुँदा भएको छ ।’

    साथै उनले दूरसञ्चार सेवा अब केवल एक क्षेत्रको सीमामा नरहेको उल्लेख गर्दै यो सेवा शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनजस्ता हरेक क्षेत्रमा अनिवार्य बनिसकेको बताए ।

    ‘सूचना प्रविधिविना अब कुनै क्षेत्र चल्दैन श्रेष्ठले भने, ‘त्यसैले दूरसञ्चार पहुँच सबै क्षेत्रका लागि जीवनरेखा हो ।’

    यसैगरी विश्व दूरसञ्चार दिवसको कुरा गर्दै उनले अहिले नेपालमा मोबाइल तथा टेलिफोन सिम कार्डको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा बढी पुगेको बताए । उनले हरेक वर्ष १७ मे मा मनाइने दूरसञ्चार दिवसको नारा यो वर्ष लैङ्गिक समावेशिता र समावेशी पहुँचमा केन्द्रित रहेको बताए ।

    उनले भने, ‘विश्वभर अझै २.६ अर्ब मानिस सञ्चार सेवाबाट टाढा छन् । जसमा धेरैजसो महिला छन् त्यसैले यस वर्षको सन्देश लैङ्गिक समावेशिता र समावेशी पहुँचमा केन्द्रित छ,’ उनले थपे, ‘हामी दूरसञ्चार क्षेत्रमा काम गर्नेहरूका लागि त १७ मे मात्रै होइन, वर्षैभर दूरसञ्चार दिवस हो ।’

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

    सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

    आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

    कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

    विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

    डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

    ८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख वेरुजु

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    आज २०८२ वैशाख २७ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

    सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑