सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । मध्यपुर थिमी–४ निवासी रोजन भामिसा समाजसेवी तथा युवा उद्यमीका रूपमा परिचित छन्।
भामिसाले सञ्चालन गर्दै आएको क्लब डायनामिक स्केट रिङ मार्फत बालबालिका तथा युवाहरूलाई स्केटिङसम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएका छन्। उनका अनुसार स्केटिङ खेलले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, आत्मविश्वास र सक्रिय जीवनशैली विकास गर्न मद्दत गर्दछ।
आध्यात्मिक रूपमा ओशोबाट प्रेरित भामिसा समाजमा सकारात्मक ऊर्जा र अनुशासन फैलाउने उद्देश्यले विभिन्न गतिविधिमा सक्रिय छन्। उनले बालबालिका मात्र नभई वयस्कहरूलाई पनि स्केटिङ सिकाउँदै खेलप्रति आकर्षण बढाउने प्रयास गरिरहेका छन्।
यसैबीच, भामिसाले भक्तपुर क्षेत्रमा छिट्टै स्केटिङ प्रतियोगिता आयोजना गर्ने तयारी पनि गरिरहेका छन्। उक्त प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन दिने तथा नयाँ प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा