सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिदिम । पाँचथरको फिदिम निवासी २८ वर्षीय सन्तोष मल्लिक सानै उमेरमै समाजसेवा र व्यवसाय दुवै क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।
मल्लिक फिदिमस्थित ‘हुलाक लाइन क्लब’ का सक्रिय सदस्यसमेत हुन्। क्लबमार्फत उनी विभिन्न सामाजिक कार्यक्रम, सहयोग तथा सामुदायिक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।
यसअघि बैंकमा कार्यरत रहेका मल्लिकले स्थायी जागिर छोडेर आफ्नै व्यवसाय सुरु गर्ने साहसी निर्णय गरेका थिए। उनले सञ्चालन गर्दै आएको बाइकर्स फिदिम ग्यारेज अहिले स्थानीय स्तरमा निकै लोकप्रिय बनेको छ।
मोटरसाइकल मर्मतसम्बन्धी सेवा सहज र कम लागतमा उपलब्ध गराउँदै उनले सेवामुखी व्यवसाय सञ्चालन गरिरहेका छन्। गुणस्तरीय सेवा र मेहनतका कारण उनको ग्यारेजमा ग्राहकहरूको विश्वास बढ्दै गएको स्थानीयहरू बताउँछन्।
सानै उमेरमै उद्यमशीलता र समाजसेवामा सक्रिय बनेका सन्तोष मल्लिकलाई धेरै युवाहरूले प्रेरणादायी व्यक्तित्वका रूपमा हेर्ने गरेका छन्। स्थानीयले उनको आगामी यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा