• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

      काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

      काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

    होमपेज /  पत्रपत्रिका

    गठबन्धनमा कालो बादल मडारिएको हो ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन १७, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४६२ पटक पढिएको
  • काठमाडौँ, १७ फागुन ।  सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो । स्थायी समिति बैठकमा सदस्यले उम्मेदवारी दिनुपर्ने सुझाव तथा दबाब नेतृत्वमाथि दिएका थिए ।

    माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हाम्रातर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ ।’ राष्ट्रिय सभाको अध्यक्षमा सत्तारूढ गठबन्धनभित्रका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले समेत दाबी गर्दै आएका छन् ।

    कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाललगायतका नेताको चर्चा अध्यक्षमा रहेको छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको निर्वाचनपूर्व नै चर्चा चलेको थियो । यसमा माओवादीसमेत लचक रहेको बताइएको थियो ।

    त्यसो त सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको अध्यक्षको टुंगो लगाउँन बाँकी नै रहेको छ । संवैधानिक परिषद्को ६ सदस्यीय समितिमा राष्ट्रिय सभाका अध्यक्ष पनि रहने र संवैधानिक आयोगलगायतको नियुक्तिमा महत्वपूर्ण भूमिका रहने भएकाले सो पदमा दलले दाबी गर्दै आएका छन् । तर, अध्यक्षकै कारण गठबन्धनमा तात्विक फरक नपर्ने माओवादी केन्द्रका प्रवक्ता सापकोटाको भनाइ छ । तर, राजनीतिक विश्लेषक राष्ट्रियसभा अध्यक्षकै कारण गठबन्धनमा कालो बादल मडारिन सक्ने आशंका गर्न थालेका छन् । एमालेले गठबन्धनमा बिग्रह ल्याउन माओवादी उम्मेदवारलाई समर्थन गर्नसक्ने आशंका पनि उनीहरू गर्छन् ।

    यसैगरी बैठकले आउँदो २०८४ मा हुने निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा लडने निर्णय पनि गरेको छ । गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल कांग्रेसको हालै सम्पन्न महासमिति बैठकले गठबन्धन नगरी निर्वाचनमा एक्लै सहभागी हुने निर्णय गरेपछि माओवादीले पनि एक्लै निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेको छ ।

    ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं । अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ । गठबन्धन गर्ने–नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने हो,’ प्रवक्ता सापकोटाले भने ।

    जिम्मेवारी हेरफेर
    यसैगरी बैठकले लामो छलफलपश्चात् नेताको जिम्मेवारी हेरफेर गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमार काफ्ले तोकिएका छन् ।

    त्यस्तै, मधेस प्रदेशको इन्चार्जमा लीलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह, बाग्मती प्रदेशको इन्चार्जमा अग्निप्रसाद सापकोटा तोकिएका छन् । बाग्मती प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको सापकोटाले बताए । गण्डकी प्रदेशमा इन्चार्जमा दीनानाथ शर्मा र सहइन्चार्जमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशको इन्चार्ज चक्रपाणि खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी तोकिएका छन् ।

    कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहइन्चार्ज बिना मगरलाई जिम्मेवारी दिइएको छ । यसैगरी, प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, प्रवास प्रदेश समिति भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्ज टीबी पाठक, प्रवास प्रदेश समिति युरोप अमेरिकालगायत सुरेन्द्रकुमार कार्की (राम) र विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदी तोकिएका छन् ।

    जनार्दनको लिखित रूपमै असहमति
    यसैबीच माओवादी केन्द्रका कतिपय निर्णयप्रति सोही पार्टीका उपमहासचिव जनार्दन शर्माले लिखित रूपमै असहमति राखेका छन् । उनले पार्टीमा गरिएको कार्यविभाजन लगायतका विषयमा असहमति राखेका हुन् । बैठकपछि शर्माले भने, ‘विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो सही भएन । पार्टी निर्माणलाई उद्देश्यमा राखेर भएन, विधान अधिवेशनको ‘ह्याङओभर’लाई लिएर भयो ।’

    उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायतलाई कार्यविभाजनमार्फत् जिम्मेवारीविहीन बनाइएको दुखेसो गरेका छन् । उनले सुदूरपश्चिममा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएका विषयमा पनि आफ्नो असहमति रहेको बताए ।

    ‘त्यहाँका दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित र न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छ,’ उनले भने । शर्माले आफ्नो अहसमतिप्रति ‘अध्यक्षले पार्टीमा अहसमति राख्न पाइन्छ, स्वागत छ’ भनेको बताए । आफूले आफ्नो अहसमति सबैलाई लिखित रूपमै बाँडेको पनि बताए । माओवादी प्रवक्ता सापकोटाले पनि शर्माले बैठक समापन हुने बेलामा अध्यक्षलाई अहसमतिपत्र दिएको र बाँकी कुरा पछि थाहा हुने बताए ।

    शर्माले आफ्नो असहमतिपत्र दर्ज गराउँदै सहमति नखोजिए, सम्बोधन नगरिए सार्वजनिक रूपमै आफ्नो कुरा राख्ने चेतावनी अध्यक्ष प्रचण्डलाई दिएका छन् । शर्माले दिएको असहमतिपत्रमा कतिपय विषयमा गम्भीर असहमति रहेको उल्लेख गरेका छन् । ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु,’ उनको पत्रमा उल्लेख गरिएको छ, ‘जनप्रतिनिधि पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडलाई लागू गरेको भने पनि नारायण दाहाललाई बाग्मती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’

    स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको र सो प्रदेशमा हाललाई बिना मगरलाई सहइन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर रहेको शर्माको भनाइ छ । ‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रूपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु’ शर्माले भनेका छन् ।

    ‘जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने कुरा गर्दा स्वयं अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो, होइन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ’ शर्माले पत्रमा उल्लेख गरेका छन् ।

    पार्टी सिध्याउने डिजाइन अस्वीकार्य : भट्ट
    यसैबीच सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाएपछि माओवादी केन्द्रका नेता खगराज भट्टले सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रदेशको इन्चार्ज र सहइन्चार्ज फेरिएको निर्णय सार्वजनिक भएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन् । यसअघि भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अब गिरिराजमणि पोखरेललाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी विना मगरलाई दिइएको छ ।

    ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ’ भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । भट्टलाई हालै पार्टी संसदीय दलको नेताबाट पनि हटाइएको थियो । निर्वाचनअघि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट त्यहाँका सांसदले हटाएका थिए । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

    जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑