• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

      दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

      आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

      सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग पत्रकार महासंघको माग

      कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

      प्रधानमन्त्री बालेनलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन ज्ञानेन्द्र शाहीको माग

      राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

      हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

      बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

      एनपीएल : आज दुई खेल हुँदै

      नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

      गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

      आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    होमपेज /  पत्रपत्रिका

    नेपालमै छाप्न थालियो हुलाक टिकट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ १७, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४३ पटक पढिएको
  • काठमाडौँ, १७ माघ। नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।

    जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ ।

    बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताए । यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो ।

    निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ ।

    यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ । विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिए।

    यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाण छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नु अनिवार्य छ । तर पछिल्लो समय यस्ता अधिकांश काम अनलाइन माध्यमबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ ।

    गोरखापत्र दैनिक

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो…

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य…

    आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

    आर्थिक

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑