सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ ,७ माघ। शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ । मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । उनले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताए ।
उनले भने, “क्षमताको राम्रो अभ्यास गर्न पाइने भएकाले अन्यभन्दा ती तीन मन्त्रालय सहसचिवको रोजाइमा पर्ने गरेको हो ।” उनका अनुसार कर्मचारीको मानसिकता सेवा अवधिमा कम्तीमा एक पटक प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुपर्छ भन्ने भएकाले गृह मन्त्रालय र आर्थिक रूपमा नीतिगत व्यवस्थापनको काम गर्नका लागि अर्थ मन्त्रालय रोज्ने गरेका हुन् । ती मन्त्रालयमा जाँदा प्रशासनिक सुधार गर्दै काम गरेर आफ्नो भूमिका देखाउन पाइने उनको बुझाइ छ । सहसचिवको सरुवा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ । गोरखापत्र दैनिक
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा