• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम

      पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

      प्रहरी संगठन सुधार्ने आईजीपी केसीका ५ प्राथमिकता

      महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी छ : त्रिपाठी

      नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले लगाए आईजीपीको फूली, सम्हाले प्रहरी संगठनको नेतृत्व

      आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

      एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

      नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज केसी नयाँ आईजीपी नियुक्त

      प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

      रमेश खरेलद्वारा प्रधानमन्त्री बालेनलाई खतरनाक गिरोहको संज्ञा, रविलाई सरकार सम्हाल्न आग्रह

      आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

      राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

      डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

      महिलाको हत्यामा संलग्न चार जना पक्राउ

    होमपेज /  पत्रपत्रिका

    ‘तपस्वी’ को भेषमा विलासी जीवनशैली !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष २६, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५४१ पटक पढिएको
  • काठमाडौँ, २६ पौष ।  यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकालगायतका विभिन्न आरोपमा मंगलबार साँझ राजधानीको हात्तीगांैडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । ‘लिटिल बुद्ध’को ‘उपाधि’ पाएका बम्जन पक्राउसँगै प्रहरीले उनीमाथि लागेका आरोप एकीकृत गर्ने काम अघि बढाएको छ । साथै, बम्जन पक्राउका लागि ‘अपरेसन ब्लु’ चलाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनको पछिल्लो भद्दा जीवनशैली’  पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

    चार जना व्यक्ति बेपत्ता, एकको हत्या र अनुयायीमाथि यौन शोषणको आरोप लागेपछि बम्जन लामो समयदेखि फरार रहेका थिए । ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयतादेखि तीव्रताका साथ बम्जनको खोजी गरिँदै आए पनि उनी प्रहरीलाई छक्याउन सफल भइरहेका थिए । बम्जनलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सीआईबीले उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाएको थियो ।

    सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ अभियानअन्तर्गत उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न प्रहरी सफल भएको हो । त्यसो त बम्जनको पक्राउका लागि गएको प्रहरी विगतमा पटकपटक उनको नजिक पुगेको थियो । तर, प्रहरीलाई छक्याउँदै उनी पक्राउ हुनबाट जोगिदै आएका थिए ।

    मंगलबार साँझ सीआईबीको टोली पक्राउका लागि घरभित्र छिरेको जानकारी पाएपछि पनि बम्जनले भाग्नका लागि प्रयास नगरेका भने होइनन् । तर, उनको यसपटकको प्रयास भने सफल हुन सकेन । प्रहरीका अनुसार उनी बसिरहेको घरको चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किने मौका नै दिएन ।

    ‘घरभित्र प्रवेश गरी पक्राउ गर्ने क्रममा ‘आफू बस्दै आएको घरको चौथो तल्लामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हामफाली भाग्नेक्रममा यस ब्युरोको टोलीले निजलाई पक्राउ गरेको,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

    प्रहरीका अनुसार बम्जन दुई महिनादेखि आफ्नी श्रीमती र परिवारसहित काठमाडौंमा बस्दै आएको खुलेको छ । प्रहरीका अनुसार बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी छ । बाराको निजगढ नगरपालिका–१२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर, उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरी प्रहरीमा परेका थिए ।

    सीआईबीका प्रवक्ता एसपी अधिकारी भन्छन्, ‘उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन्, धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले त्यसलाई एकीकृत पार्ने काम भइरहेको छ, त्यस्तै जाहेरी विवरण जुटाउने काम पनि भइरहेको छ, जहाँजहाँबाट जाहेरी परेको छ, त्यहीँबाट कानुनी प्रक्रियाबमोजिम बम्जनविरुद्ध मुद्दा चल्नेछ ।’

    एसपी अधिकारीले भनेझैं उनलाई सर्लाही लगेर मुद्दा अघि बढाउने तयारी छ । सर्लाही जिल्ला अदालतले उनीमाथि पक्राउ पुर्जी जारी गरिसकेकाले उनलाई त्यहाँ लगिएको हो । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २३ माघ २०७६ मै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सीआईबीले बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको बालयौन दुराचारको मुद्दासहित अन्य कसुरहरूमा पनि अनुसन्धान हुने जनाएको छ ।

    सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बम्जनविरुद्ध गैरकानुनी विदेशी मुद्रा राखेको विषयमा पनि अनुसन्धान भइरहेको बताए । ‘थप कुराहरू खुल्यो भने त्यस’bout पनि अनुसन्धान हुँदै जान्छ, अनुसन्धान प्रारम्भिक चरणमै छ,’ एसएसपी आचार्यले भने, ‘बरामद भएको रकमको विषयमा नगद तथा विदेशी मुद्राका लागि छिट्टै अनुसन्धान गरिनेछ, यो कहाँबाट आयो ? कसरी आयो ? यत्रो ठूलो पैसा घरमा राख्नुलाई साधारण अवस्था मान्न सकिँदैन ।’

    बम्जन पक्राउ परेको घरबाट ३ करोडबढी नगद बरामद
    हत्या र यौन हिंसाका आरोपित बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । उनको घरबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद गरेको हो । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ मुलुकका विदेशमी मुद्रा रहेको छ । नेपाली र विदेशी मुद्रा घरमा भएको सेफभित्र फेला परेको प्रहरीको दाबी छ । प्रहरीले सेफ खोलेर बरामद भएका नोट गणना गरेको थियो । प्रहरीले बरामद भएको मुद्राको स्रोत’  अनुसन्धान भइरहेको जनाएको छ ।

    यस्तै, बम्जनको साथबाट प्रहरीले विभिन्न ब्रान्डका १४ वटा मोबाइल, पाँचवटा आइप्याड, ट्याब र ल्यापटप तथा २० वटा पेनड्राइभसहितका उपकरण बरामद भएको जनाएको छ ।

    आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले प्रदेश–३–०१ ०२४च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए । उनले ल्यान्डक्रुजर–जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ ।

    उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोड रुपैयाँमा बुकिङ गरिएको थियो । सो गाडी ललितपुर महानगरपालिका–२२ बुङ्मतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको प्रहरीले जनाएको छ । महर्जन बौद्ध श्रवण धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै, बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ…

    प्रहरी संगठन सुधार्ने आईजीपी केसीका ५ प्राथमिकता

    महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑