सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ पुष । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।
कोषले प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ ।
शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो ।
इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा