सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ पौष । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ।
उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ।
त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
वर्षाको पानीको उपयोग र व्यवस्थापनमा काम गर्दै आएको संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी पानी विज्ञहरूले खानेपानी संस्थानले राजधानीबासीको खानेपानीको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै वर्षाको पानी संकलन गरी उपयोग गर्नु नै उत्तम विकल्प हुने धारणा अघि सारेका छन् । नेपाल समाचारपत्र दैनिकबाट
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा