• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

    होमपेज /  पत्रपत्रिका

    जातीय नरसंहारविरुद्ध ऐतिहासिक न्याय

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर २०, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५० पटक पढिएको
  • काठमाडौँ, २० मंसिर ।  साढे तीन वर्षअघि रुकुम पश्चिम चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको जातीय नरसंहार प्रकरणमा जोडिएका हाल पुर्पक्षका लागि थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। तीमध्ये एकजना नाबालकसमेत छन्। अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।

    न्यायाधीश खड्गबहादुर केसीको इजलासले उनीहरूलाई जन्मकैदसहित सामान्य तारेख र धरौटीमा रहेका आठ जनालाई सफाइ दिएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जनाए। नवराजकी प्रेमिका भनिएकी मल्ल थरकी युवती र उनकी आमासहित अन्यलाई जातीय छुवाछूतमा दुई वर्ष सजाय र ५० हजार रूपैयाँ जरिवाना सुनाइएको छ। मृतकका परिवारलाई दामासाहीले जनही ४० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ।

    उक्त सुनुवाइले पीडित परिवारले न्याय महसुस गरेका छन्। उनीहरूले जिल्ला अदालत रुकुम पश्चिमअगाडि खुसीसमेत व्यक्त गरेका छन्। आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। पीडित परिवार र दलित अधिकारकर्मीहरू जिल्ला अदालतको मूल गेटअगाडि न्यायको पर्खाइमा थिए। अन्ततः अदालतले न्याय दिएको पीडित परिवारले जनाएका छन्। २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज साथीहरूसहित प्रेमिकाको गाउँ गएका थिए।

    मल्ल थरकी प्रेमिकासँग बिहे गर्न भनी उनी छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए ।सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

    जन्मकैदको सजाय पाउनेमा तत्कालीन वडाध्यक्ष मल्ल, नवराजकी प्रेमिका भनिएकीका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), एक नाबालक (नाम गोप्य), डिल्ली मल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी (इर्दबहादुर ठकुरी), लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित मगर र विष्णु मल्ल छन्। उनीहरू हाल पुर्पक्षका लागि थुनामै छन्। जन्मकैदको सजाय सुनाइएहरूमध्ये एक जना पुर्पक्षबाहिर रहेका पनि छन्। ११ जना पुर्पक्षबाहिर रहेर तारेख खेपिरहेका थिए।

    सोती घटनामा संलग्न ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो। सफाइ पाउनेमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्। मुद्दामा वादीहरूका तर्फबाट अधिवक्ता मोहन साशंकर, श्याम विश्वकर्मा, दिनेश त्रिपाठी, यामकुमारी डटेल, प्रकाश नेपाली, राम शर्मालगाायतले बहस गरेका थिए। आइतबारदेखि लगातार तीन दिन बहस चलेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ :…

    धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑