• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

      नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

      विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

      बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

      सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’

      संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन् 

      १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

      प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

      शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

      सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

      भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

      प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

      ज्ञानेन्द्र शाही उम्भिए जनताको पक्षमा, भने– ट्राफिक लाइट र खाल्टो नबनाउने सरकारलाई पनि जरीवाना गर्नुपर्छ

      फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

      सुनचाँदीको मूल्य बढ्यो

    होमपेज /  पत्रपत्रिका

    सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर ६, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५४ पटक पढिएको
  • काठमाडौँ, ६ मंसिर । बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने प्रावधान बनाएको हो ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरूबीचको ब्याजदरअन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको हो ।

    नेपाल राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएकाले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

    बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेर मात्र कर्जा लिनसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

    यसैगरी, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा सञ्चालकले कार्यभार सम्हाल्नुभन्दा पहिले आफ्नो संस्थासँग व्यावसायिक स्वार्थ भए नभएको विषयमा सञ्चालक समितिलाई लिखित रूपमा जानकारी गराउनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकले बनाएको छ ।

    सञ्चालक तथा संस्थापक सेयरधनीले आफू सम्बद्ध संस्थाबाट कुनै पनि प्रकारको पेश्की तथा ऋण÷सापटी सुविधा लिन नपाउने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

    नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो उल्लेख गरेको हो । संस्थाको बैंक खाता सञ्चालन गर्ने तथा संस्थाका तर्फबाट पत्राचार गर्ने लगायतका कार्य गर्नेगरी सञ्चालकले संस्थाको दैनिक कामकारबाहीमा हस्तक्षेप गर्न र संलग्न हुन नपाउने प्रावधान बनाइएको छ ।

    यसैगरी, सञ्चालक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो संस्थाको हितविपरीत हुने कुनै पनि किसिमको गतिविधिमा संलग्न हुन नपाउने निर्देशन राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र वा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक तथा पदाधिकारीका रूपमा बहाल रहेको व्यक्ति एकैपटक अन्य भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन नपाउनेगरी नियम बनाइएको छ ।

    तर, कुनै अनुमतिपत्रप्राप्त संस्थामा भुक्तानीसम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाका तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा उपर्युक्त व्यवस्थाले बाधा पुगेको नमानिने पनि राष्ट्र बैंकले बताएको छ ।

    पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाले नयाँ संस्थापक सेयरधनी थप गर्न चाहेमा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने पनि भएको छ । यसरी नयाँ संस्थापक सेयरधनी थप गर्दा प्रतिकित्ता सेयर मूल्य

    सम्पत्ति वा दायित्वको विस्तृत मूल्यांकनबाट निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

    संस्थामा परिपालना विभाग, इकाई गठन गरी संस्थाको प्रबन्धपत्र, नियमावली, यस बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचना, आदेशहरूको परिपालना एवं संस्थाले पारित गरी लागू गरेका नीति, नियम, मार्गदर्शन तथा आर्थिक कारोबारहरूको निरन्तर रूपमा परिक्षण गर्नुपर्ने निर्देशन केन्द्रीय बैंकको रहेको छ ।

    यसैबीच, केन्द्रीय बैंकले सबै एटीएम मेसिनमा अनिवार्य रूपमा सीसीटिभि राख्नुपर्ने प्रावधान बनाएको छ । सीसीटिभीको रेकर्ड पनि ९० दिनसम्म रहनुपर्ने व्यवस्था गरेको छ ।

    नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको एकीकृत निर्देशनअनुसार सबै मेसिनमा सीसीटिभी राख्नुपर्ने र सो सीसीटिभीको रेकर्ड कम्तीमा ९० दिनसम्म रहनुपर्ने भएको हो । सीसीटिभीमा एटीएमबाट पैसा निकाल्ने मान्छेको अनुहार स्पष्ट देखिनुपर्नेसमेत राष्ट्र बैंकले उल्लेख गरेको छ । तर, सीसीटिभी राख्दा एटीएम प्रयोगकर्ताको पिन देख्न मात्रै होइन अनुमान गर्नसमेत नसक्नेगरी राख्नुपर्ने एकीकृत निर्देशनमा उल्ल्ेख गरिएको छ ।

    राष्ट्र बैंकले जारी गरेको सो निर्देशनमा विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्था, दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालनसम्बन्धी व्यवस्था पनि उल्लेख गरिएको छ । यसैगरी, विद्युतीय भुक्तानी प्रणालीको सञ्चालन तथा सुरक्षासम्बन्धी व्यवस्था, ई–मनी (वालेट) सेटलमेन्टसम्बन्धी व्यवस्था पनि निर्देशनमा रहेको छ । विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी व्यवस्था, वार्षिक वित्तीय विवरण सार्वजनिक, प्रकाशन गर्नुपूर्व स्वीकृति लिनेसम्बन्धी व्यवस्था तथा आरटीजीएस सिस्टम सञ्चालनसम्बन्धी व्यवस्थाहरू समावेश गरिएको छ ।

    जारी निर्देशनमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था तथा भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँचसम्बन्धी व्यवस्था पनि समावेश गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले ग्राहकको एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस वा ग्राहकले तोकेको अन्य विद्युतीय माध्यमबाट समेत दिनुपर्ने प्रावधान बनाएको छ ।

    अनुमतिपत्रप्राप्त संस्थाले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ प्रणालीमा प्रयोगकर्तालाई आबद्ध गराउँदा ग्राहकले विदेशबाट सेवा प्रयोग गर्ने÷नगर्ने व्यहोरा अनिवार्य रूपमा खुलाउने व्यवस्था मिलाउनुपर्ने पनि एकीकृत निर्देशनमा उल्लेख छ । साथै, ग्राहकले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सुविधा विदेशबाट प्रयोग गर्ने भएमा विदेश जानुअघि अनिवार्य रूपमा बैंकलाई पूर्वजानकारी गराउनुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

    विनिमय कारोबार गर्ने अनुमतिपत्रप्राप्त संस्थाले सेवा सञ्चालन गरेको एक वर्ष पूरा भएपछि भुक्तानी प्रणालीको परीक्षण गराई नेपाल राष्ट्र बैंकमा सोको प्रतिवेदन पेस गर्नुपर्ने भएको छ । साथै, प्रत्येक दुई आर्थिक वर्षमा सिस्टम अडिट गराई आव समाप्त भएको ६ महिनाभित्र बैंकमा प्रतिवेदन पेस गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।

    विद्युतीय कारोबारमा आउने जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि नीति तथा कार्यविधि तर्जुमा गर्दा यस बैंकले जारी गरेको साइबर रिसाइलेन्स गाइडलेन्सलाई मार्गदर्शनका रूपमा लिनुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

    यसैगरी, सेटलमेन्ट बंैक र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाबीचमा सेटलमेन्ट खाता सञ्चालन गर्न भएको लिखित सम्झौता केन्द्रीय बंैकमा पेस गर्नुपर्ने भएको छ ।

    बैंक तथा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्ममा सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पूष्टि गर्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

    नेपालमा सञ्चालन हुन लागेको प्रस्तावित नेसनल पेमेन्ट स्वीच र डोमेस्टिक कार्ड स्किममा अन्तरआबद्धता गर्न यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रविधिमा आवश्यक परिमार्जन गर्नुपर्नेछ ।

    मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत कुनै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट अन्य बैंक वित्तीय संस्थामा रहेको खातामा रकम ट्रान्सफर हुन सक्नेगरी सो उपकरणहरूमा अन्तरआबद्धता कायम गर्नुपर्ने प्रावधान पनि बनाइएको छ ।

    एउटा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट अर्को भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा रकमान्तर गर्न सक्नेगरी विद्युतीय वालेटमा अन्तरआबद्धता कायम गर्ने एकीकृत निर्देशनमा उल्लेख छ । उल्लिखित व्यवस्थाहरूको परिपालना नभएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ र भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ बमोजिम कारबाही हुने चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ…

    नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक…

    विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड,…

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ…

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑