• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

      नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

      विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

      बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

      सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’

      संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन् 

      १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

      प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

      शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

      सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

      भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

      प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

      ज्ञानेन्द्र शाही उम्भिए जनताको पक्षमा, भने– ट्राफिक लाइट र खाल्टो नबनाउने सरकारलाई पनि जरीवाना गर्नुपर्छ

      फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

      सुनचाँदीको मूल्य बढ्यो

    होमपेज /  पत्रपत्रिका

    घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० मंसिर ५, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४४९ पटक पढिएको
  • काठमाडौ,५ मंसिर। दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् ।

    गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले भनिन्, “प्रेमा र म सधैँ एउटै बेन्चमा बस्थिम्, विराज मेरो कक्षामा सबैभन्दा मिल्ने साथी थियो, मरेको खबर सुन्दा सुरुमा पत्याउन सकिनँ ।”

    विद्यालयले प्रार्थना समयमा गरेको मौनधारण कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थीहरूका आँखा ओभानो रहन सकेनन् । भत्किएका भवन र तीन जना विद्यार्थी गुमाउँदाको पीडाले विद्यालयमा सन्नाटा छाएको छ । कृष्णालाई कक्षा ४ देखि नै सँगै पढ्दै आएका साथी गुमाउँदाको पीर जति लागेको छ, अरू साथीलाई पनि उस्तै वेदना छ ।

    सोही विद्यालयमा कक्षा ८ मा पढ्ने विनोद महताराले विद्यालय नै सुनसान भएको सुनाए । भूकम्पले आफ्नो घर भत्किएको सुनाउँदै विनोदले भने, “मेरा त किताब पनि पुरिएका छन्, साथी पनि गुमेका छन् ।” पुरानो कापी बोकेर आएका विनोदले स्कुलले फेरि पनि किताबको व्यवस्था गरिदिने अपेक्षा बोकेका छन् । कक्षा ८ का ३६ जना साथीमध्ये आज पाँच जना मात्र विद्यालयमा आएको र विद्यालयकै आँगनमा बसेको विनोदले जनाए । कक्षाकोठा चर्किएको देखेका उनीहरूको मन पनि चर्किएको छ ।

    विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले भूकम्पले गर्दा आफ्नो विद्यालयको तीन विद्यार्थी गुमाउनुपरेको बताए । कक्षा ८ मा अध्ययनरत विनोद र प्रेमा र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय चन्द्रकला मल्लको भूकम्पमा परेर ज्यान गएको छ । बिदापछि खुलेको विद्यालयमा आज विद्यार्थी पनि थोरै आए । प्रधानाध्यापक थापाले शिशु कक्षादेखि कक्षा १० सम्म ३१५ जना विद्यार्थी रहेकोमा आज करिब ७० जना मात्र विद्यार्थी आएको जानकारी दिए ।

    विद्यालयका दुई वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने बाँकी तीन वटा भवन चर्किएका छन् । सोसेक नेपालबाट आएका मनोविमर्शकर्ताहरूले मनोवैज्ञानिक असर कम गर्न विभिन्न माध्यमबाट विद्यार्थीलाई प्रेरित गरिरहेको थापाले बताए ।

    भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमेको बताए । शाखा प्रमुख विष्टले कक्षा एकदेखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ ।  गोरखापत्र दैनिका

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ…

    नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक…

    विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड,…

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ…

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑