• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

    होमपेज /  खाना

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ फागुन ८, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ११ मिनेट
  • ३२५३ पटक पढिएको
  • काठमाण्डौँ । हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

    मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

    मेथी खानुका फाइदाहरू

    • मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्।
    • प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।
    • हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।

    मेथीमा के-कस्ता पौष्टिक तत्वहरू पाइन्छन्?

    मेथी के-के कुराको लागि प्रयोग गर्न सकिन्छ?
    मेथीका अनगिन्ती फाइदाहरूको बारेमा त माथि नै उल्लेख गरिसक्यौँ। त्यसलगायत यसलाई घरेलु उपचारका विधिमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै;

    १. कोलेस्ट्रोल नियन्त्रण
    हालै भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने पत्ता लागेको छ।

    त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुको राम्रो उपाय भनेको दिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खानु हो। यसलाई तपाईँले दैनिक आहारमा राखेर पनि खान सक्नुहुन्छ भने पानीसँग पनि खान सक्नुहुन्छ।

    २. मधुमेहको उपचार र रगतमा ग्लुकोजको मात्रा घटाउन
    प्रकार २ को मधुमेह भएका व्यक्तिहरूले मेथीको दाना खाएपछि उनीहरूको रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घटेको एक खोजबाट देखिएको थियो। त्यसैले चिकित्सकको सल्लाहअनुसार प्रकार २ को मधुमेहलाई उपचार गर्ने घरेलु उपाय भनेको मेथीको दाना खानु हो, तर त्यसको लागि तपाईँले दिनमा कम्तीमा पनि १००० मिलिग्राम मेथी खानुपर्ने हुन्छ।

    यो कुरामा ध्यान दिनुपर्ने हुन्छ कि, मधुमेह भएका व्यक्तिहरूले धेरै मात्रामा मेथीको सेवन गर्नुहुँदैन। किनभने, शरीरमा ग्लुकोजको मात्रा कम भएमा पनि रिङ्गटा लाग्ने, बान्ता हुने र बेहोस हुने जस्ता समस्या पनि निम्तिन सक्छ।

    ३. मुटुको समस्याको रोकथाम
    मेथीमा पाइने ग्लाक्टोमेनन (Glactomanon) ले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसमा पोटासियम पनि पाइने हुनाले शरीरको रक्तचाप र मुटुको धड्कनलाई नियन्त्रण गर्न मेथीको सेवन गर्नुपर्ने हुन्छ। (मुटुरोगबाट बच्ने अन्य उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

    ४. मोटोपना घटाउन
    थरी-थरीका शारीरिक व्यायाम र खानपिनमा ध्यान दिँदा दिँदै पनि अधिकांशको मोटोपनामा नियन्त्रण भैरहेको हुँदैन। यदि यस्तो अवस्था छ भने, बिहान उठ्ने बित्तीकै खाली पेटमा १ चम्चा मेथीको धूलो मनतातो पानीसँग खानुहोस्। यसमा भएको फाइबरले गर्दा तपाईँलाई धेरै भोक लाग्न दिँदैन र बिस्तारै मोटोपनामा पनि नियन्त्रण हुँदै जान्छ। (सुतीसुती मोटोपना घटाउन के गर्नुपर्छ? जान्न यहाँ क्लिक गर्नुहोस्)

    ५. छालाको समस्याको उपचार
    छालामा आएको दाग, खटिरा अनि घाउको लागि पनि मेथीको दानाले उपचार गर्न मिल्दछ। त्यसको साथसाथै, आगोले पोलेको, हतियारले काटेको, लुतो, पिलो, डण्डिफोर जस्ता समस्यालाई रोक्न पनि मेथीले सहयोग गर्दछ। त्यसको लागि;

    आफूलाई चाहिएजति मेथीको दाना लिनुहोस् र त्यसलाई मसिनो हुने गरी पिस्नुहोस्। उक्त धूलोलाई मनतातो पानीमा मिसाएर लेदो बनाउनुहोस्।
    त्यसपछि एउटा सानो सफा र नरम लुगामा उक्त लेदो राखेर सङ्क्रमित छालामा लगाउनुहोस्।

    ६. कपाल झर्ने समस्याबाट बच्न
    दिनहुँको भोजनमा मेथी मिसाएर खाँदा त धेरै फाइदा हुन्छ, त्यसको साथसाथै, दानालाई धुलो बनाएर त्यसको लेदोलाई कपालमा बाकुलो गरेर लगाउनाले कपाल झर्ने, चाँया पर्ने जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ।

    ७. मुटु पोल्ने र ग्यास्ट्रिकको समस्याको प्राकृतिक उपचार
    मेथीको दानामा प्रशस्त मात्रा म्युसिलेज (Mucilage) पाइन्छ, जसले मुटु पोल्ने र ग्यास्ट्रिक जस्ता समस्यालाई राहत पुर्याउँदछ। त्यसैले यदि तपाईँलाई मुटु पोल्ने समस्या छ भने, आफ्नो खानामा १ चम्चा मेथीको धूलो राखेर खानुहोस् अथवा खाना खानुभन्दा अगाडि पानीसँग मेथीको दाना चपाउनुहोस्।

    ८. ज्वरोको लागि घरेलु उपचार
    मेथीको दानालाई कागती र महमा मिसाएर खानाले शरीरको ज्वरोलाई धेरै नै कम गर्दछ। ज्वरो आउँदा हाम्रो पुरै शरीर तातो र शिथिल हुने गर्दछ, यस्तो अवस्थामा मेथीले पेनकिलर (painkiller) को काम गर्दछ। त्यसैले ज्वरोको उपचारको लागि, दिनमा ३ चोटी २ चम्चा मेथीको दाना कागतीको रस र १ चम्चा महसँग चपाउनुहोस्।

    ९. स्तनको आकार बढाउन
    महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्। त्यसैले, महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्। प्रतिदिन महिलाहरूले कम्तीमा पनि ३ ग्राम मेथी खानुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ।

    १०. प्रशवावस्थालाई सहज गराउन
    आजकाल, महिलाहरूको खाने बानीले गर्दा प्रशवावस्थामा धेरै पीडा भोग्नुपर्ने हुन्छ। तर, मेथी यस्तो औषधी हो, जसले महिलाहरूको प्रशवावस्थाको समस्यालाई पनि हल गर्न सक्दछ। यसमा भएको स्टिमुलस (Stimulus) ले गर्भाशयको मुखलाई सक्रिय गराउँदछ, जसले गर्दा बच्चा जन्माउनमा सहज हुन्छ। तर, चिकित्सकको सल्लाहबमोजिम मात्रै महिलाहरूले यसको सेवन गर्नुपर्दछ।

    ११. सुत्केरी महिलाहरूमा दूध उत्पादन शक्ति बढाउन
    प्राचीन समयमा पनि सुत्केरी महिलाहरूको दूध उत्पादनको लागि मेथीलाई प्रयोग गरेको पाइएको छ। अनुसन्धानबाट पनि, सुत्केरी महिलाले मेथी खाएको २४ देखि ७२ घण्टा भित्रमा ५०० प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पाइएको छ। यस्तो किन हुन्छ भनेर कुनै ठेट प्रमाण भने भेटिएको छैन। तर यसमा भएको चिल्लो पदार्थले मूख्य भूमीका खेलेको हुन सक्ने अनुसन्धानकर्ताहरूको राय छ। त्यसैले दिनमा ३ पटक कम्तीमा पनि ५०० मिलिग्राम मेथीको सेवन गर्नाले सुत्केरी महिलाहरूको दूध उत्पादनमा वृद्धि हुन्छ।

    मेथी खानुका बेफाइदाहरू
    हरेक कुराहरूको आ-आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

    सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ। सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ।

    गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

    यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।

    बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव…

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑