काठमाडौं । स्मार्ट टेलिकम प्रा.लि.का प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको... विस्तृतमा