• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

      ‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला

      मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ

      सालनाल सहितको नवजात शिशु फाल्ने आमा पक्राउ

      मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

      कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

      एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

      ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

      आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

      भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

      १६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’, पहिलो बलमै विकेट, चुलियो चर्चा

      इजरायलको चुनावमा नेतान्याहुलाई धक्का विपक्षी गठबन्धन अगाडि

      भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

    होमपेज /  अन्य

    डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १३, बिहिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामथ्र्य थिएन। चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो।

    यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ।

    पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा।शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका–८ का रामकृष्णसँग उनको भेट भयो।

    कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई आईटी विषयमा उच्च शिक्षा पढाउन नसक्ने आफ्नो बाध्यता सुनाए। उनको कुरा सुनेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर पढाउने जिम्मेवारी लिने बताए।

    ‘डा.शर्मा काठमाडौंलबाट मकवानपुर आउनुभएको रहेछ। उहाँलाई भेट्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो। भगवान्ले आज भेट्ने मौका जुराइदिनुभयो,’ रामकृष्णले भने, ‘म गरिब परिवारको मान्छे हुँ। छोरीलाई आईटी पढाउने अवस्था थिएन। उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो।’

    शर्माले रामकृष्ण र सीमानालाई प्रत्यक्ष भेटेरै काठमाडौंमा आईटी तथा एआई विषयमा स्नातक तहको अध्ययन गर्ने व्यवस्था मिलाउने जानकारी दिए।

    टेक्सास कलेजमा अध्ययनको अवसर जुटाइदिने बताउँदै उनले भने, ‘सीमाना, हामी तपाईंलाई काठमाडौं लिएर जाँदैछौँ। टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ। त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ। तपाईंले आईटी र एआईमा स्नातक गर्नुहुन्छ।’ अचानक खुलेको अवसरले सीमाना निकै खुसी भइन्। ‘एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद,’ उनले भनिन्।

    सीमानाको पढाइको व्यवस्था मिलाउने प्रतिबद्धतासँगै शर्माले उनलाई आत्मनिर्भर बन्ने बाटोसमेत देखाएका छन्। उनका अनुसार टेक्सास कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ।

    करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था मिलाउने उनले बताए।

    पढाइसँगै काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने जिम्मेवारी पनि शर्माले लिएका छन्।

    ‘चार वर्षमा तपाईं आईटीको विशेषज्ञ बन्नुहुन्छ। अब जागिर खाँदै पढ्ने है त,’ शर्माले सीमानालाई हौसला दिँदै भने, ‘आईटी पढ्ने र स्नातकोत्तर गर्ने अनि आफूजस्तै आर्थिक कठिनाइमा रहेका बालबालिकाको भविष्य उज्यालो बनाउने।’ उनले आफ्नो भविष्य निर्माणसँगै अरू बालबालिकाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने सोच राख्न सीमानालाई सुझाए।

    मिर्गौला प्रत्यारोपणपछि आफ्नै उपचार र परिवारको जिम्मेवारी सम्हालिरहेका रामकृष्णका लागि छोरीको पढाइ र रोजगारीको व्यवस्था हुने खबर ठूलो राहत बनेको छ। आर्थिक बाध्यताले सीमित बनाएको सीमानाको सपनाले अब काठमाडौंमा नयाँ अवसर पाउने भएको छ।

    स्वास्थ्य र शिक्षालाई सामाजिक सेवासँग जोड्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित परिवारका एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराएर चिकित्सक तथा स्वास्थ्य प्राविधिक बन्न सहयोग गरेको बताइएको छ।

    सीमान्तकृत सन्थाल समुदायका दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा पनि उनको सहयोगमा अध्ययन गरेर चिकित्सक बनेका हुन्।

    सीमानाको कथा आर्थिक कठिनाइका बीच पनि ठूलो सपना देख्ने युवतीको संघर्षसँग जोडिएको छ। छात्रवृत्ति, रोजगारी र अध्ययनको अवसरले उनको यात्रा सहज बनाउन सक्छ। अब त्यो अवसरलाई उपलब्धिमा बदल्ने आधार भने उनको मिहिनेत, लगनशीलता र सिक्ने इच्छाशक्ति बन्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपालमा ‘अर्नव’ चक्रवात भोलीबाट, सतर्कता अपनाउन आग्रह, के गर्ने के नगर्ने ?

    मलेसियाले अस्वीकार गर्‍यो नेपालको प्रस्ताव, २५ म्यानपावर कम्पनीबाटै कामदार लैजाने

    स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न बालेनसँग गोकुल बाँस्कोटाको माग, भने – किक आउट हिम, पिएम !

    दिनेश त्रिपाठीको प्रश्न : आनीको नियुक्तिविरुद्ध बोल्दा नागरिक पक्राउ, सरकार संविधानभन्दा माथि छ ?

    चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा बिहीबारदेखि, शुक्रबार र शनिबार भारी वर्षा तथा हिमपातको जोखिम

    आनी छोइङको नियुक्तिमा कांग्रेसको आपत्ति, पौडेलको प्रश्न– ‘शासन कि सनक ?’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा…

    ‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको…

    आज देशभर साधारणतया बादल लाग्ने

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो…

    एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

    आर्थिक

    कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

    एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

    ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑