सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत नेपाली कामदार भर्ना गर्न दिने नेपालको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनका सहयोगी कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने पुरानै व्यवस्था कायम राख्ने निर्णय गरेको हो।
मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाल सरकारलाई पठाएको पत्रमा २५ वटा मुख्य (प्रिन्सिपल) म्यानपावर कम्पनी र प्रत्येकका १० वटा सहयोगी (एसोसिएट) कम्पनीमार्फत नेपाली कामदार भर्ना गर्ने व्यवस्था निरन्तर रहने स्पष्ट पारेको छ।
नेपालले मलेसियाको ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मा नेपालका १ हजार ११४ सक्रिय म्यानपावर कम्पनीलाई मुख्य एजेन्सीका रूपमा आबद्ध गराउन प्रस्ताव गरेको थियो।
नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोटमार्फत र सेप्टेम्बर २४ मा नेपाल तथा मलेसियाका श्रममन्त्रीबीच भएको टेलिफोन वार्ताका क्रममा उक्त प्रस्ताव अघि सारेको थियो।
मलेसियाका मानव संसाधनमन्त्री दातो श्री रामानन रामाकृष्णनले नेपालका श्रममन्त्री रामजी यादवलाई पठाएको पत्रअनुसार नेपालको प्रस्तावबारे मलेसियाली मन्त्रिपरिषद्मा समेत छलफल भएको थियो। तर, सरकारले सीमित म्यानपावर कम्पनीमार्फत नै कामदार भर्ना गर्ने प्रणालीलाई निरन्तरता दिने निर्णय गरेको हो।
मलेसियाले सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, लेखापरीक्षण र नियमन प्रभावकारी हुने दाबी गरेको छ। धेरै कम्पनीलाई एकैपटक व्यवस्थापन गर्दा कठिनाइ हुने भन्दै सीमित मुख्य कम्पनीलाई जवाफदेही बनाउन र कामदारका गुनासा तथा श्रम विवाद छिटो समाधान गर्न यो प्रणाली उपयोगी हुने उसको तर्क छ।
त्यस्तै, कडा जाँचबाट छनोट गरिएका म्यानपावर एजेन्सीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ती प्रक्रिया, सम्झौताविपरीत काममा लगाउने, कामदारबाट अत्यधिक शुल्क असुल्ने तथा श्रमिकमाथि हुने शोषणको जोखिम घट्ने मलेसियाको भनाइ छ।
मलेसियाको यो निर्णयसँगै नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई एफडब्लुसीएमएसमा आबद्ध गराएर नेपाली कामदार पठाउन दिने नेपालको प्रयास तत्कालका लागि सफल हुन सकेन।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा